back
CTIZAN AD

बर्दघाटको पहाडी क्षेत्रमा पहिलोपटक विद्युतीकरण, स्थानीयवासीमा हर्ष

वि.सं.२०७८ असार २७ आइतवार

609 

shares

२७ असार, परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित बर्दघाट नगरपालिकाको पहाडी क्षेत्रमा पहिलोपटक विद्युतीकरण भएको छ । गाउँमा बिजुली पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।

बर्दघाट–२ स्थित पहाडी बस्ती बाँसखोला र संसारकोटमा विद्युतीकरणको सेवा पुगेको वडाध्यक्ष दया दर्लामीले जानकारी दिए । यसअघि यहाँका बासिन्दाले टुकीको भरमा जीवन बिताइरहेका थिए । विद्युतीकरणको लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारीले शुभारम्भ गरेका थिए ।

नेपाल विद्युत् प्राधिकरणको पूर्ण ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विनियोजित बजेट र बर्दघाट नगरपालिकाको लागत साझेदारीमा विद्युत्को पहुँच पुगेको नेपाल विद्युत् प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख जगन्नाथ झाले जानकारी दिए ।

उनका अनुसार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट रु ८५ लाख ९१ हजार २०३ र नगरपालिकाको रु नौ लाख ७८ हजार ७४६ लागतमा विद्युतीकरण गरी बाँसखोलाका ४४ मध्ये हाल ३० घर र संसारकोटका सात घरमा शनिबारदेखि बिजुली बालिएको छ । उनीहरुलाई बिजुली मिटर पनि निःशुल्क जडान गरिएको छ ।

प्राधिकरणका अनुसार संसारकोटमा ३.२ किलोमिटर एचटी लाइन निर्माण गरी ७५ थान फलामको पोल प्रयोग गरिएको छ भने एलटी लाइन ०.७५ किलोमिटर निर्माण गर्न १५ थान फलामको पोल निर्माण गरिएको छ ।

बाँसखोलामा तीन किलोमिटर एचटी लाइन निर्माण गरी ७३ थान सिमेन्टको पोल प्रयोग गरिएको छ भने एलटी लाइन १.१ किलोमिटर निर्माण गरी २० थान सिमेन्टको पोल प्रयोग गरिएको छ ।

यस स्थानमा विद्युतीकरणका लागि आवश्यक ट्रान्सफरमरलगायत लाइन निर्माणका लागि आवश्यक सामग्रीका लागि नपुग रकम नगरपालिकाले उपलब्ध गराएको नगरप्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए । विद्युतीकरणपछि गाउँमा खुशीयाली छाएको स्थानीयवासी देवान गुरुङले बताए।

यसअघि पहाडी क्षेत्रका आम्बास, सुखौरा, धुरकोट फेदीमा केही वर्षअघि बिजुलीको पहुँच पुगेको थियो । अब पटुके, बिहारीलगायतका बस्तीमा विद्युतीकरणको सेवा पुग्न बाँकी रहेको उनले बताए ।

वि.सं.२०७८ असार २७ आइतवार ११:३० मा प्रकाशित

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...