२७ असार, काठमाडौँ । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन ९प्राप्ती० गर्ने प्रक्रिया पुरा गरी आज (असार २७ गते) देखि एकीकृत कारोबार शुरु गरेको छ ।
यी दुबै कम्पनीको असार ५ गते सम्पन्न छुट्टा छुट्टै वार्षिक साधारण सभाबाट प्राप्ति गर्ने प्रस्ताव पारित गरेका थिए । असार १५ गते नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती पाइसकेपछि यी दुबै कम्पनीले आजबाट एकीकृत कारोबार सुरु गरेका हुन ।
युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पूँजी १३ अर्ब ८४ करोड पुग्नेछ भने कुल पूँजी कोष ३२ अर्ब ६८ करोड हुनेछ ।
वि.सं.२०७८ असार २७ आइतवार ११:३३ मा प्रकाशित




























