back
CTIZAN AD

कर्मचारीका निधनमा गाउँपालिकाका सम्पूर्ण सेवा बन्द

वि.सं.२०७८ असार २७ आइतवार

636 

shares

२७ असार, दमौली । तनहुँको ऋषिङ गाउँपालिकामा कार्यरत सुरक्षागार्डको पहिरामा पुरिएर मृत्यु भएपछि गाउँपालिकाका सम्पूर्ण सेवा एक दिनका लागि बन्द गरिएको छ ।

ऋषिङ–८ माझकोटका ४२ वर्षीय खुमबहादुर थापाको निधनमा दुःख व्यक्त गर्दै गाउँपालिकाले असार २७ गते आज सेवा बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय एक दिन बन्द गर्ने निर्णय भएको जानकारी दिए। थापाको बिहीबार गोठमा पानी तर्काउन जाने क्रममा घर माथिबाट खसेको पहिराले पुरिएर मृत्यु भएको थियो । उनका शव पहिरामा पुरिएको ११ घण्टापछि निकालिएको थियो ।

ऋषिङ शोकमा

यसैगरी सोही दिन ऋषिङ–७ मा पहिराले पुरिएर देवीसरा थापाको मृत्यु भएको थियो । एकै दिन दुई जनाको मृत्यु भएपछि ऋषिङ शोकमा परेको छ । पहिरामा पुरिएर दुई जनाको मृत्यु भएपछि ऋषिङ शोकमा डुबेको नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखा सभापति इन्द्रबहादुर आलेले बताए । “प्रकृतिको रौद्ररुप प्रकट भएको छ । प्रकृतिले निर्मम प्रहार गरेको छ । सारा ऋषिङ शोकमग्न छ”, उनले भने ।

पहिराका कारण दर्जनौँ घर क्षतिग्रस्त र जोखिमपूर्ण भएका छन् । वर्षाको समयमा उठीबास, भागाभाग र रुवाबासी भएको छ । थुप्रै चौपाया मरेका छन् । धेरैको बारी पहिराले लगेको छ । खेत बगरमा परिणत भएको छ । खेतीपाती नष्ट भएको छ । सयौँ ठाउँमा पहिरो गएको छ । यातायात अवरुद्ध छ ।

उनका अनुसार पहिराले बस्ती असुरक्षित भएका छन् । “असुरक्षा, भय र त्रास व्याप्त छ । बाढी पहिरोपीडितले सहयोगको याचना र अपेक्षा गरिरहेका छन् । क्षतिको भौतिक मूल्य अनुमान गर्न गाह्रो छ । मानसिक र मनोवैज्ञानिक असर त झन् कहालीलाग्दो छ”, उनले भने ।

मृतक देवीसराका तीन सन्तान छन् । छोराहरु वैदेशिक रोजगारीमा छन् भने छोरीको घरजम भइसकेको छ । मृतक खुमबहादुरका तीन नाबालक छोरी छन् ।उनका छोरीहरु कक्षा एक, ९ र १२ मा अध्ययनरत छन् ।

“कमाउने बुबाको नै पहिरामा परी मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ”, आलेले भने, यतिबेला थापा परिवार सहाराविहीन बनेको छ । “परिवारको दैनिकी त कठिन हुने नै भयो । बालबच्चाको लालनपालन, शिक्षा, दीक्षा र भविष्य अनिश्चित बन्ने देखिएको छ”, आलेले भने ।

गाउँपालिकाको कर्मचारी भएकाले उचित राहत, बीमालगायतका अन्य आवश्यक सहयोग गाउँपालिकाले गर्नुपर्ने आलेले बताए । साथै श्रीमती वा छोरीलाई रोजगारीको व्यवस्था मिलाउन उनले आग्रह गरे । “दुःख र पीडाको यस घडीमा पीडितलाई साथ, सहयोग र सहानुभूतिको खाँचो छ ।

उनीहरुको घाउलाई सहयोगरुपी मलमको आवश्यकता छ”, उनले भने, “सहयोग त सरकारले अवश्य नै गर्नेछ । मानवीयताका खातिर सरकारका अतिरिक्त तपाईँ हाम्रो व्यक्तिगत र संस्थागत सहयोगको पनि ठूलो आवश्यकता छ ।”

२४ घण्टादेखि पृथ्वीराजमार्ग एकतर्फी

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–जामुने खण्ड २४ घण्टादेखि एकतर्फीरूपमा सञ्चालन छ । म्याग्दे गाउँपालिका–१ बरचौरमा शनिबार बिहान ४ बजे ठूलो ढुङ्गासहितको पहिरो खसेपछि २४ घण्टादेखि राजमार्ग एकतर्फी सञ्चालन भइरहेको हो ।

शनिबार बिहान ८ बजेदेखि नै एकतर्फी सञ्चालनमा आएको राजमार्ग दुईतर्फी बनाउने प्रयास भए पनि सफल नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

“ढुङ्गा फुटाउने काम भइरहेको छ, ठूलो भएकाले हिजो दिनभर पनि सकिएन”, उनले भने। राजमार्ग एकतर्फी हुँदा बेला–बेलामा सवारी साधन जाममा पर्ने गरेको छ ।

वि.सं.२०७८ असार २७ आइतवार ११:४५ मा प्रकाशित

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...