२९ असार, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिएका छन् ।
प्रधानमन्त्री नियुक्तका सन्दर्भमा राष्ट्रिपति कार्यालयबाट जारी प्रेस विज्ञप्तिलाई लिएर भएको विवादका कारण प्रभावित बनेको शपथ ग्रहण कार्यक्रम दुई घण्टा ढिला गरी भएको हो ।
देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
यसलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाकाे नेतृत्वमा पाँच सदस्यीय मन्त्रीमण्डल बनेको छ ।
नेपाली काँग्रेसबाट दुई र नेकपा(माओवादी केन्द्र)बाट दुई जना मन्त्री बनेका छन् । नेपाली कांग्रेसबाट बालकृष्ण खाँडलाई गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी दिइएको छ ।

सत्ता साझेदार नेकपा(माओवादी केन्द्र)बाट पनि पम्फा भुसाल र जनार्दन शर्मा मन्त्री भएका छन् । भुसाललाई उर्जा, जलस्रोत तथा सिंचाई र शर्मालाई अर्थ मन्त्री बनाइएको छ ।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति, केपी शर्मा ओली बाहेकका पूर्वप्रधानमन्त्री, प्रधानन्यायाधीस, सभामुख तथा विपक्षी गठबन्धनका नेताहरुको उपस्थिति रहेको थियो ।

photo- Roshan sapkota
वि.सं.२०७८ असार २९ मंगलवार २०:४१ मा प्रकाशित




























