२९ अरास, काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले पार्टी सभापति शेर बहादुरलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा जारी विज्ञप्तिप्रति आपत्ति जनाएका छन् ।
नेता गुरुङले संविधानको धारा उल्लेख नगरी सभापति शेर बहादुर देउवलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु राष्ट्रपति भण्डारीको दम्भको पराकाष्ठा रहेको आरोप लगाएका छन् ।
दम्भी प्र.म.अोलीको अवसान भयो। तर राष्ट्रपति विद्या भण्डारीले दम्भ देखाउँदैछ।
संविधानको धारा उल्लेख नगरी माननीय शेरबहादुर देउवालाई प्र.म.नियुक्ति गर्नु राष्ट्रपति भण्डारीको दम्भको पराकाष्ठा हो।
संविधानको धारा नचिन्ने विद्या भण्डारीलाई अझै पनि राष्ट्रपति मान्नुपर्ने दुर्भाग्य!— Dhan Raj Gurung (@dhanrgrg) July 13, 2021
‘दम्भी प्र.म.ओलीको अवसान भयो । तर राष्ट्रपति विद्या भण्डारीले दम्भ देखाउँदैछन् । संविधानको धारा उल्लेख नगरी माननीय शेरबहादुर देउवालाई प्र.म.नियुक्ति गर्नु राष्ट्रपति भण्डारीको दम्भको पराकाष्ठा हो । संविधानको धारा नचिन्ने विद्या भण्डारीलाई अझै पनि राष्ट्रपति मान्नुपर्ने दुर्भाग्य !’
राष्ट्रपतिज्यू अब थोरै सच्चिएर सहकार्य गरौं–प्रवक्ता विश्वप्रकाश शर्मा
वि.सं.२०७८ असार २९ मंगलवार २०:२४ मा प्रकाशित




























