back
CTIZAN AD

कैलालीमा पाटेबाघको छालासहित दुई पुरुष पक्राउ

वि.सं.२०७८ असार ३० बुधवार

705 

shares

३० असार, गोदावरी । कैलालीको गौरीगङ्गा नगरपालिका–७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट पाटेबाघको छालासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीकै मोहन्याल गाउँपालिका–५ सालघारीका ५५ वर्षीय पूर्णबहादुुर बुढामगर र लम्कीचुहा नगरपालिका–१ का लोकेश सिजापति रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूूह (आरआइटी)को टोलीले मङ्गलबार उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार प्लाष्टिकको सेतो कट्टामा बोकेर हिँडिरहेको अवस्थामा रोकेर जाँच गर्दा कट्टाभित्र लम्बाइ १० फिट र चौडाइ छ फिट सात इन्च भएको पाटेबाघको छाला फेला परेको हो । पक्राउ परेका उनीहरूलाई छालासहित प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

वि.सं.२०७८ असार ३० बुधवार ११:५० मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...