Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती



सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो नमिठोसँग बहिगर्मीत भएका छन् । सेटिङ्गमा शासन गर्न उद्धत रहेको भनिएका उनी अन्ततः सर्वोच्चको कखरा पढेर बालकोट लाग्नुपरेको छ । उनी निकटस्थ मन्त्रीले ‘अब केहि वर्ष कुनै माइकालालको केहि नलाग्ने’ भनेको एक हप्ता नहुँदै ओलीले पीडाका साथ सत्ता छोडनुपर्ने भयो । प्रचार यस्तो गरीएको थियो कि केपी ओली अजम्मरी छन् र उनको शासन युग युग चलिरहनेछ ।

यहि भुलभुलैयामा उनले पदको गरीमा र मर्यादा राख्दै राखेनन् । उनको कलाबिहिन मुख्र्याइँ र डेढअक्कली उटपटयाङ्गले नेता, कार्यकर्ता र मतदाताको शीरसमेत झुक्नुपयो । उनी मात्र होइन, सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी पनि नराम्रोसँग चोबलीनुपरेको कारण सबै देशवासी स्तब्ध हुनु परेको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ ग्रहणसम्म आइपुग्दाका घटनाक्रमले थप लज्जित बनाएको छ ।

ओलीप्रतिको आस्था

२०७४ को निर्वाचन लगतै केपी ओलीको नेतृत्वमा झण्डै दुई तिहाइको बाम सरकार बन्दा मुलुकले समाजवादको रथ पक्रेको अनुभूति भएको थियो । बाँकी जीवन राष्ट्रका लागी भन्दै प्रचण्डसँग आधाआधिको कबोल र लिखितम गरेर सरकारको नेतृत्व गरेका ओलीप्रति जनताको ठूलो आस्था र विश्वास थियो । विदेशी हैकम र प्रभुत्वका विरुद्धको उनको पुरानो अडानका कारण पनि ओलीमाथि आशा र भरोसा निकै रहेको थियो । भर्खरै बनेको एकिकृत पार्टी बचाउन र एकता बलियो बनाउने शर्तमा प्रचण्ड, माधव र झलनाथलगायतका नेताले पाँचै बर्ष गरीखाउँ भनेर सहजीकरणको प्रयास गरेका थिए ।

तर पार्टीभित्रको विधि, नीति र पद्धतिका विषय तथा सरकार संचालनका क्रममा भएका ज्यादती र मनपरीलाई सच्याउने तथा पार्टीको निर्णयलाई कार्यान्वयन गर्नुपर्ने विषय उठन थालेपछि केपी ओली अलिकति बर्बराउन थालेको देखिन्छ । ओलीले जे बोले पनि कानुन ठान्ने, अध्यादेशलाई लोकतन्त्र मानिरहने र सत्ताको आडमा लखनौ लुट मच्चाउने एउटा जब्बर प्रवृतिले ‘ओली अचाक्लि’लाई देवत्वकरण गर्न थालेपछि मुलुकले अलिकति शंका बढाएको हो । राजनैतिक नियुक्तिमा मनपरी गर्ने, मुलुकको सम्पति कौडिको मोलमा यतिलाई सुम्पने र स्वास्थको डाडुपनियो ओम्निलाई दिने तथा गोकुल बास्कोटालाई सेक्युरिटी प्रेसमा मुछिन बाध्य बनाउनेलगायत उनका बारेमा अनेकौ प्रश्न उठन थालेपछि प्रचण्डलाई ठेल्ने, माधवलाई पेल्ने र झलनाथलाई गलाउने काम हुँदै आएको यहाँ स्मरणीय छन् । कथित लोकतन्त्र बचाउनुभन्दा महेश बस्नेतहरु मार्फत एजेण्डा पेश गराएर गणतन्त्र र संघीयतालगायतका विषयमा उल्टो यात्रा गराउने जोखिमको खतरनाक तयारी भएको पनि प्रष्टै भएको छ ।

ओलीले जे बोले पनि कानुन ठान्ने, अध्यादेशलाई लोकतन्त्र मानिरहने र सत्ताको आडमा लखनौ लुट मच्चाउने एउटा जब्बर प्रवृतिले ‘ओली अचाक्लि’लाई देवत्वकरण गर्न थालेपछि मुलुकले अलिकति शंका बढाएको हो ।

अध्यारो सुरुङ्गमा ओली

ओली जब पार्टीको प्रमुख नेता र प्रधानमन्त्रीको औपचारीक उतरदायित्व बिर्सेर एउटा सानो झुण्डसहित अध्यारो सुरुङ्गमा प्रवेश गर्न खोजे तव उनी मुलबाटो बिराउदै गए । उनलाई त्यसो गर्न औधि उक्साउनेहरु मध्येका आधाआधिले २९ असारबाटै बक्के परीवर्तन गर्न थालेका छन भने कमल थापाको चिन्तन बोकेका केहिले साहै नमिठो प्रतिक्रियासहित ‘गन्तव्य बिमुख नहुने’ अडान देखाएर ओलीको कलशयात्रा चलाईरहेका छन ।

ओलीका बारेमा पछिल्लो पेचीलो र चोटीलो शंशय चाहिँ भारतीय गुप्तचर प्रमुखसँग गरेको गुपचुप वार्ताबाट बढेको हो । २०७७ कार्तिक ४ गते मध्यरातमा कुटनैतिक उन्मुक्तिसहित खुसुक्क नेपाल भित्र्याइएका सामान्त गोयलसँग ओलीले के–के गोप्य वार्ता गरेका हुन् भन्ने कुरा अहिलेसम्म खुलाईएकौ छैन । जतिबेला नेकपाको विवाद बिस्तारै उत्कर्षमा बढिरहेको थियो, त्यतिबेलै भारतका रअ प्रमुख गोयल ओलीलार्ई भेट्न नेपाल आएका थिए ।

यसअघि प्रधानमन्त्री ओलीले २०७७ असार १४ गते आफूलार्ई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा आफ्नै नेताहरूको साथ रहेको गम्भीर टिप्पणी आउँदासम्म पनि ओलीप्रति ठुलो श्रद्धा रहेको थियो । यसको वरपर भारतीय गुप्तचर संस्थाका प्रतिनिधिहरू काठमाडौंको म्यारियट होटलमा बसेर विभिन्न नेताहरुलाई भेटेको प्रचार प्रधानमन्त्रीको सचिवालयका जिम्मेवार व्यक्तिहरुबाटै गरिएको थियो ।

उनलाई त्यसो गर्न औधि उक्साउनेहरु मध्येका आधाआधिले २९ असारबाटै बक्के परीवर्तन गर्न थालेका छन भने कमलथापाको चिन्तन बोकेका केहिले साहै नमिठो प्रतिक्रियासहित ‘गन्तव्य बिमुख नहुने’ अडान देखाएर ओलीको कलशयात्रा चलाईरहेका छन ।

राष्ट्रवादको पटाक्षेप

तर सत्य छिपेन । भारतीय गुप्तचरका मझौला अधिकारीहरु भारत गएपछि विवाद मत्थर जस्तो देखिएको अवस्थामा तत्कालीन नेकपालगातारका आक्रमणको शिकार बन्यो । कात्तिक ४ गते मध्यरातमा आएको रअ प्रमुखको टोलीका बारेमा सुचना लुक्न सकेन । सो प्रकरण सेलाउन नपाउँदै भारतीय सेनाप्रमुख नरवणेको कात्तिक १९ को आगमनले ओलीप्रति थप शंसय बढायो । लिपुलेक सीमा विवादका विषयमा चीनले नेपाललाई उचालेको विवादास्पद अभिव्यक्ति दिएका नरवणेलार्ई सरकारले स–सम्मान काठमाडौं बोलाएको थियो । यहिबिचमा भारतीय जनता पार्टीका केहि वरिष्ठ नेताहरु काठमाडाैं आएर भेटघाट गरीरहँदा सत्तारुढ दलको विदेश विभाग प्रमुखले भने कुनै सुइको पाएका थिएनन् । ओली सरकारले मंसिर ११ मा भएको भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृंखलाको भ्रमणलार्ई भने औपचारिकता दिएको थियो ।

एकातिर यी आवत-जावत पछि नेकपा विवाद उत्कर्षमा पुग्यो भने अर्कातिर प्रधानमन्त्री ओलीले अध्यादेशको खेती बढाउन थाले । उनले प्रतिनिधिसभा नै विघटन गरे । सर्वोच्चले संसद त पुनस्थार्पना गरायो तर, नेकपा पनि फुटाइदियो । यस्तो बेला उनी नयाँ हिसाबले प्रधानमन्त्री बनेपनि एकातिर विश्वासको मतको झमेलामा फस्न नचाहेको बताउँदै हिँडे भने अर्कातिर १४९ बोकेका देउवालाई उछिनेर राष्ट्रपतिकहाँ पुगे । उनले त्यति मात्रै गरेनन्, देउवाको समर्थनमा पुगेका माधव र प्रचण्डको हस्ताक्षरसमेत राष्ट्रपतिलाई देखाएर प्रक्रिया अवरुद्ध पार्न राष्ट्रपति पदको खुल्ला दुरुपयोग गरे ।

नियुक्तिहरुमा पनि हाँसीमजाक

यसबिच राष्ट्रियसभा अध्यक्ष र प्रधानन्यायाधिश हुँदा चल्नेगरी मुलुकका महत्वपुर्ण पदमा नियुक्ति गर्ने अध्यादेश ल्याएर विधिको शासनमाथि अर्को आक्रमण भयो । ३ जनाबिचमा भएका यस्ता बाँडफाँडको प्रक्रियाबाट नियुक्त भएका पचासौ पदाधिकारीहरुको हविगत, हैसियत र सुत्र हेर्दा हाँसोमात्र लाग्दैन, अराजकताको पराकाष्ठा नै नाघेको देखिन्छ । म नै राज्य हुँ भनिरहँदा पनि प्रधानमन्त्रीलाई करेक्सन गराउने प्रयास निकटतमहरुबाट गरेको देखिएन । न त राष्ट्रपतिको गरीमालाई नै ख्याल गरीयो ।

सबैलाई अपमान, ओलीको शान

आफुभन्दा पहिला पार्टी नेतृत्व गरेका र प्रधानमन्त्री चलाएका नेतालाई भुसुनाको व्यवहार मात्र गरीएन बरु चीडियाखानामा लगेर थुन्ने भनेर उत्तेजित वातावरण बनाइयो । प्रतिगमनको विपक्षमा रहेका नागरिक अगुवालाई दमनकारी नीति अपनाइयो । ९५ बर्षिय वकिल कृष्णप्रसाद भण्डारीलाई ‘बाजेको तमासा’ भनेर अपमान गरीयो भने प्रतिगमनका विपक्षमा पैरवी गर्ने वरीष्ठ अधिवक्ता सम्भू थापा, रमण श्रेष्ठ, टिकाराम भटराई, डा चन्द्रकान्त ज्ञवाली, बोर्णबहादुर कार्की, मुक्ति प्रधान, दिनेश त्रिपाठीलगायतका कानुन व्यवसायीलाई विभिन्न प्रकारबाट त्रास देखाउने, चरीत्र हत्या गर्ने तथा हतोत्साहित गराउने प्रयासहरु गरीए । सत्ता सौदावाजीमा अध्यादेशबाट नागरीकता विधेयक बढाउने, सामान्य सर्वे नै नसकिएका ठाउँमा शिलान्यास गराउने, तयार नै नभएका अधिकांश परियोजना बालुवाटारबाटै उद्घाटन गराउने, लकडाउनका बेला मानिसलाई अपहरण गर्ने, सरकारी पैसामा मानिस ओसार्ने र खोपमा समेत विभेद गर्ने काम पनि ओलीकालमा भोग्नुपयो ।

उनलाई त्यसो गर्न औधि उक्साउनेहरु मध्येका आधाआधिले २९ असारबाटै बक्के परीवर्तन गर्न थालेका छन भने कमलथापाको चिन्तन बोकेका केहिले साहै नमिठो प्रतिक्रियासहित ‘गन्तव्य बिमुख नहुने’ अडान देखाएर ओलीको कलशयात्रा चलाईरहेका छन ।

कलाबिहिन मुर्ख्याइँ र डेढ अक्कली उटपट्यांग

महाकालीमा १ खर्ब २० अर्ब फाइदा भै रहने वकालत गरेर तत्कालीन एमालेलाई राष्ट्रघातमा डुबाउँदा पनि र ठेला गाडा घचेटेर अम्रीका पुगिन्न भन्दै आन्दोलनको मानमर्दन गर्दा पनि ओलीलाई गणतन्त्र नेपालको प्रधानमन्त्री सुहाएकै हो र नाकाबन्दिका विरुद्ध मनोवल देखाएका ओलीलाई राष्ट्रवादी नेता पनि मानिएकै हो । तर उनको दम्भ, घमण्ड र अहंकार तथा कलाबिहिन मुर्ख्याइँ र डेढ अक्कली उटपट्यांगका कारण उनी स्वयं, राष्ट्रपति महोदय र उनको टिम मात्र होइन देशलाई नै क्षति पुगेको छ ।

ओलीको अतिले नै मुलुकले खति व्यहोरेको भन्दा कुनै अत्युक्ति लाग्दैन होला । यति हुँदाहुँदै पनि उनको पछिल्लो हठलाई मात्र हिसाब गर्नु अन्याय हुन्छ । नेपाली राजनीतिमा उनको लामो योगदान, प्रतिकुल स्वास्थका बाबजुद उनको खटाई र विकास निर्माणमा भएका केहि प्रयासहरु सकारात्मक भएकाले नयाँ आधारमा नयाँ एकताको ध्येयसहित ओलीको वास्तविक रुपान्तरणका लागी सबैको प्रयास उत्तिकै टड्कारो पनि छ ।

चुनौतीको घेरामा देउवा

यस्तो अवस्थामा प्रतिगमन सच्चिएपछि आएका शेरबहादुर देउवाले अब मुलुकको सहि नेतृत्व गर्लान् त भन्ने प्रश्न पनि अहिले बढेको छ । नेपाली कांग्रेस फुटालेर कुनै बेला प्रजातान्त्रिक बनाउँदासमेत आफैँ लोकतान्त्रिक हुन नसकेका र ‘गिरीजालाई भन्दा राजालाई’ भनेर आरोप व्यहोरेका देउवाबाट धेरै अपेक्षा गर्न नसकिए पनि गठबन्धनको बाध्यताका कारण उनले लोकतान्त्रिक निष्ठालाई मिल्काउन सक्ने स्थिति भने अहिले छैन । पार्टीभित्र लोकतन्त्र दिन कन्जुस मानिएका र ओलीको प्रतिगमनविरुद्धमा निकै असहजताका साथ आएर पछिल्लो समयमा जोडिएका देउवाका सामु अहिले निकै चुनौतीहरु छन् ।

चुनौतीका घेरा पार गर्न देउवाको आफ्नै संकल्प र विश्वास दरोे हुन बान्छनीय छ एकातिर भने जरो गाडेर बसेको ओली प्रवृतिलाई छिचोल्न अर्कातिर अठोटको पनि जरुरी छ । शपथ समारोहमा व्यहोर्नु परेको लफडा पनि कम चानेचुने होइन । एकातिर भने अर्कातिर निवर्तमान जनादेशका नाउमा देखिने अराजकता पनि असरल्ल हुन थालेका छन ।

पछिल्लो राजनैतिक अराजकताले थिल्थीलिएको देशलाई मलम लगाउन, सबै असंवैधानीक काम र जथाभावी अध्यादेशबाट भएका नियुक्तिहरु खारेज गर्न, सन्तुलित विदेश सम्बन्धलाई आत्मसाथ गर्न, राष्ट्रियता, लोकतन्त्र र समाजवादका आधारहरुको अनुभूत गराउन, प्रतिगमनका फणाहरुलाई निस्तेज पार्न, एमसीसीलगायतका राष्ट्रघाती परीयोजनामा सतर्क रहन, विप्लव नेतृत्वलगायतका राजनैतिक दलसँग सार्थक वार्ता गर्न, भ्रष्टाचारको जड मानिएको विकृत निर्वाचन प्रणाली परिवर्तन गर्न, गठबन्धनकारी सभ्यताको प्रवर्धन गर्न तथा वर्तमान जनअपेक्षालाई सम्बोधन गर्न उनका अगाडी चुनौतीका घेरा छन ।

चुनौतीका घेरा पार गर्न देउवाको आफ्नै संकल्प र विश्वास दरोे हुन बान्छनीय छ एकातिर भने जरो गाडेर बसेको ओली प्रवृतिलाई छिचोल्न अर्कातिर अठोटको पनि जरुरी छ । शपथ समारोहमा व्यहोर्नु परेको लफडा पनि कम चानेचुने होइन । एकातिर भने अर्कातिर निवर्तमान जनादेशका नाउमा देखिने अराजकता पनि असरल्ल हुन थालेका छन । प्रतिगमनले बिथोलेको संरचनालाई लोकतान्त्रिक अपडेट गर्नुपर्ने जरुरी देखिएको छ । देशलाई गौण र व्यक्तिगत लहडलाई प्रधान ठान्दा स्वयं व्यक्ति, उसको टिम र मुलुकलाई हुने अपुरणीय क्षतिलाई नवनिर्वाचित प्रधानमन्त्री देउवाले बडो गम्भिरतापुर्वक ख्याल गर्नुपर्ने अवस्था रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय