back
CTIZAN AD

सूर्य भुसाल कांग्रेस प्रवेश गर्दै

वि.सं.२०७८ असार ३० बुधवार

1.3K 

shares

३० असार, काठमाडौं । नेपाल–भारत मानव विकास तथा मैत्री संघका अध्यक्ष सूर्य भुसाल नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् ।

नेपाली कांग्रेसको एक उच्च स्रोतका अनुसार उनी साउनको पहिलो सातामा औपचारिक रुपमै कांग्रेस प्रवेश गर्ने भएका हुन् ।

२१ वर्ष अगाडि नेपाल–भारत मानव विकास तथा मैत्री संघ खोली दुई देशवीच संसदस्तर, राजनैतिक दलका नेता कार्यकर्ताका स्तरमा र सर्वसाधारणका स्तरमा मैत्रीभाव बढाउने भूमिका निर्वाह गर्दै आएका भुसालले सो संस्थाका माध्यमबाट नेपालका ६३ जिल्लामा संगठन निर्माण गरेका छन् ।

भारतीय गान्धिवादी नेतृ निर्मलादेश पाण्डेको छत्रछायामा उत्प्रेरणा पाएका भुसालले ‘गान्धि ग्लोवल फ्यामीली’ बाट गान्धि सेवा पदक समेत पाएका छन् ।

गण्डकी प्रदेशको पर्वत जिल्लाको विहादी गाउँपालिकामा पुख्र्यौली घर भएका भुसाल सुरुमा नवलपरासीबाट चितवन हुँदै ३० औं वषैदेखि काठमाडौंमा क्रियाशील छन् । वामपन्थी पुष्ठभूमिबाट राजनीति सुरु गरेका उनले नयाँज्योती साप्ताहिक र एशिया एक्सप्रेस पत्रिका चलाउँदै व्यक्तित्व पहिचान गराएका हुन् ।

नेपालको द्धन्द्ध समाधानमा आन्तरिक रुपले सहजीकरण गरेका भुसाललाई कांग्रेस प्रवेश गर्दै हुनुहुन्छ रे नि ! भनि सोधिएको जिज्ञासामा उनले भने–‘अहिलेसम्म मलाई कुनै पनि प्रमुख पार्टीको सभापतिले औपचारिक रुपमा पार्टीमा काम गरौं नभनेको अवस्थामा देउवाजीले प्रस्ताव राख्नु भएको छ, मैले ओके भनेको छु ।’

 

वि.सं.२०७८ असार ३० बुधवार १४:२९ मा प्रकाशित

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...