back
CTIZAN AD

जाँदाजाँदै जनतालाई उपहार- सार्वजनिक सवारी साधनमा भाडा वृद्धि

वि.सं.२०७८ असार ३० बुधवार

777 

shares

३० असार, काठमाडौं। केपी शर्मा ओली सरकारले बाहिरिँदै गर्दा सार्वजनिक सवारीसाधनको २८ प्रतिशतसम्म भाडा बढाएको छ।

महामारीमा भाडा वृद्धि गर्दा चर्को आलोचना हुने डरले भाडा वृद्धि गर्न नसकेको सरकारले जाँदाजाँदै यस्तो निर्णय गरेको हो ।

यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीसाधनको २८ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनको २० प्रतिशत र तराइमा संचालन हुने मालवाहक सवारी साधनको २६ प्रतिशत भाडा बृद्धि गरेको हो।

विगत लामो समयदेखि बजार अध्ययन हुन नसकेर वैज्ञानिक भाडादर लागू हुन नसकेको जनाउँदै अन्तरप्रदेश संचालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालबाहक सवारी साधनको भाडादर समायोजन सम्बन्धी गरेको अध्ययनले दिएको सुझाव अनुसार भाडा दर वृद्धि गरिएको बताइएको छ । भाडादर समायोजन सम्बन्धी गरेको अध्ययनले सार्वजनिक सवारीसाधनको भाडादर बढाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

विभागले गरेको अध्ययन तथा विशेषण र सरोकारवाला पक्षहरुसँग गरिएको मरामर्शसमेतका आधारमा पहिचान गरिएका यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, व्याज संचालन खर्च, हस्कट्टी र संचालन मुनाफ लगायतका मूल्य सूचकहरुमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका सवारीको भाढामा गरिनु पर्ने संयोजनका सम्बधमा असार २७ मा भएको मन्त्रीस्तरीय सहमतिमा विभागले असार २९ गतेदेखि लागू हुने गरी भाडा वृद्धि गरिएको जनाइएको छ ।

यसअघि चढ्ने वित्तिकै यात्रुले १५ रुपैयाँ तिर्नुपर्नेमा अब भने १९ रुपैयाँ २० पैसा तिर्नु पर्ने हुन्छ । तर व्यवहारिक रुपमा भने यात्रुले २० रुपैयाँ नै तिर्नुपर्ने हुनेछ, खुजुरा पैसाको अभाव देखाउँदै प्रत्येक यात्रुबाट ८० पैसा बढी असुल हुने देखिन्छ ।

No description available.

वि.सं.२०७८ असार ३० बुधवार १७:१७ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...