back
CTIZAN AD

२४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु, २९०४ जना संक्रमित

वि.सं.२०७८ असार ३० बुधवार

852 

shares

३० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २९०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८,१०८ पिसीआर र ४९१६ ऐन्टिजेन गरी १३,०२४ वटा नमुना परीक्षणमा २,९०४ जना संक्रमित थपिएका हुन् । मंगलबारको तुलनामा बुधबार संक्रमितको संख्या बढेको देखिन्छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भक्तपुरमा ६९, ललितपुरमा ६२ जना र काठमाडौंमा २९४ जना गरी उपत्यकामा आज ४२५ जना संक्रमित थपिएका छन् । मंगलबारको तुलनामा उपत्यकामा आज संक्रमितको संख्यामा केही कमी देखिएको छ ।

नेपालमा हालसम्म ३४ लाख ३८ हजार ३३० पिसीआर र २ लाख ४७ हजार ५४२ विधिबाट गरीएको नमुना परीक्षणमा ७ लाख ६ हजार ७६१ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी १६०६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १६०६ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख २४ हजार ७११ जना निको भइसकेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १८ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,४३० पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल २६ हजार ६४७ जना संक्रिय संक्रमित रहेका छन् । तीमध्ये होम आइसोलेशनमा २४ हजार ९९ र संस्थागत आइसोलेशनमा २,५४८ जना रहेका छन् । सोमबारको तुलनामा मंगलबार होम आइसोलेशन बस्नेको संख्या बढेको छ भने संस्थागत आइसोलेशनमा रहनेको संख्यामा कमी आएको छ ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ५९९ र भेन्टिलेटरमा १७२ जनाको उपचार भइरहेको छ ।

यी जिल्लामा सक्रिय संक्रमितको संख्यामा वृद्दि
नेपालमा कोरोनाको जोखिम कायमै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कर्णली प्रदेशको सुर्खेत, सुदूरपश्चिमको कैलाली, प्रदेश नं १ को झापा, मोरङ र सुनसरी, प्रदेश नं २ को पर्सा, महोत्तरी, बागमती प्रदेशको काठमाडौं र भक्तपुर, गण्डकी प्रदेशको कास्की, तनहुँ र नवलपरासीपूर्व तथा लुम्बिनी प्रदेशको दाङ र रुपन्देहीमा सक्रिय संक्रमित बढ्दै गएको पाइएको छ ।

३७ लाख बढीले लगाए खोप
नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको खोप ३७ लाख ३० हजार ३४४ जनाले लगाएका छन् । २६ लाख २१ हजार ४७६ जनाले पहिलो मात्राको खोप लगाएका छन् भने दोस्रोमात्रा पूरा गर्नेको संख्या ११ लाख ८ हजार ८६८ पुगेको छ ।

आज देशैभरी थपिए २३९८ कोरोना संक्रमित, १२ जनाको मृत्यु

वि.सं.२०७८ असार ३० बुधवार १६:५५ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...