back
CTIZAN AD

आज देशैभरी थपिए २३९८ कोरोना संक्रमित, १२ जनाको मृत्यु

वि.सं.२०७८ असार २९ मंगलवार

888 

shares

२९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २३९८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७,०५८ पिसीआर र ३,९५४ ऐन्टिजेन गरी ११,०१२ वटा नमुना परीक्षणमा २३९८ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा भक्तपुरमा ८०, ललितपुरमा ९७ जना र काठमाडौंमा ४१० जना गरी उपत्यकामा आज ५८७ जना संक्रमित थपिएका छन् । सोमबारको तुलनामा उपत्यकामा आज पनि संक्रमितको संख्यामा वृद्दि भएको छ ।

नेपालमा हालसम्म ३४ लाख ३० हजार २२२ पिसीआर र २ लाख ४२ हजार ६२६ विधिबाट गरीएको नमुना परीक्षणमा ७ लाख ३ हजार ८५६ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी २०७८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २०७८ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख २३ हजार १०५ जना निको भइसकेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १२ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,४१२ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल २६ हजार २६१ जना संक्रिय संक्रमित रहेका छन् । तीमध्ये होम आइसोलेशनमा २३ हजार ५४९ र संस्थागत आइसोलेशनमा २,७२२ जना रहेका छन् । सोमबारको तुलनामा मंगलबार होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहनेको संख्यामा कमी आएको छ ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ५८६ र भेन्टिलेटरमा १८२ जनाको उपचार भइरहेको छ । सोमबारको तुलनामा मंगलबार भेन्टिलेटरमा उपचार गराउनेको संख्यामा पनि वृद्दि भएको छ ।

आज देशैभरी २३७० जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

वि.सं.२०७८ असार २९ मंगलवार १६:१८ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...