back
CTIZAN AD

माधव समूहप्रति ओलीको आक्रोश कायमै, भने – विद्रोही होइनन्, अपराधी हुन् !

वि.सं.२०७८ असार २९ मंगलवार

681 

shares

असार २९, काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको माधवकुमार नेपाल नेतृत्वको समूहप्रति तिव्र आक्रोश व्यक्त गरेका छन् । मंगलबार प्रधानमन्त्रीबाट विदाई हुनुअघि देशबासीका नाममा सम्बोधन गर्दै उनले माधव समूहले निकै अनुशासनहीन काम गरेको बताए ।

माधव समूह विद्रोही नभएको उनको भनाई छ । उनले भने, ‘अहिले सर्वोच्चबाट जुन फैसला भयो त्यो फैसलाका पछाडि जम्माजम्मी नेकपा एमालेका २६ जनाले राष्ट्रपतिकहाँ विद्रोही भन्दै, के को विद्रोही हुन्छ ? अनुशासनहीन र अराजक ढंगले राष्ट्रपतिकहाँ गए ।’

उनले माधव समूहका २६ जनाले आफ्नै पक्षमा गोल हानेर अपराध गरेको बताए ।

‘अदालतमा हस्ताक्षर गरेर जाने काम भयो। विपक्षीसँग मिल्ने र भित्रभित्रै अन्तरघात र साँठगाठँ गर्ने ? आफ्नो खुट्टामा पास दिनुपर्ने खेलाडीले विरोधीका खुट्टामा पास दिन्छ,’ उनले भने, ‘आफू गोलरक्षक हुनुपर्ने ठाउँमा पोस्ट खाली गरिदिन्छ। पोस्टमा कोही बसे लखेट्न खोज्छ। यो खालको स्थिति हामीले देख्यौं।’

ओलीले पार्टी विभाजन र सरकार ढलाउन बाह्य शक्तिकेन्द्र समेत सक्रिय रहेको बताए ।

सम्बन्धित समाचार

अदालतमाथि खनिए ओली, संविधानको गलत व्याख्या गरेको आरोप

अदालतको फैसला बिडम्बनापूर्णं भन्दै ओलीले भने – जनादेश त मेरो पक्षमा थियो तर, परमादेश भएन!

वि.सं.२०७८ असार २९ मंगलवार १६:०० मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...