back

पार्टीलाई एक ढिक्का र संगठन सुदृढीकरणको लागि सभापतिमा उठ्छु-ऐनबहादुर शाही

वि.सं.२०७८ असार २९ मंगलवार

369 

shares
NTC AD
Global IME AD

नेपाली कांग्रेस मुगुका नेता एबम पूर्ब पार्टी सभापति तथा नेपाली कांग्रेस संगठन बिभागका केन्द्रीय सदस्य ऐनबहादुर शाहीसंग पार्टीको १४ औं महाधिबेसनलाई लक्षित गरि हाम्रा संसारन्युज सहकर्मीले गरेको समसामयिक बिषयमा अन्तरबार्ता ।।

पार्टीको १४ औं राष्ट्रिय महाधिबेशन तथा मुगु जिल्लाको ९ औ जिल्ला महाधिबेशन नजिकिदै छ तपाईको इन्छा आकाक्षा के छ ?

यो पटक मेरो अन्तिम पार्टी सभापति पदमा उठने इच्छा छ । पार्टीभित्रका साथीहरुसँग सल्लाह गरेर सभापतिको निम्ति मेरो मेरो उम्मेदवारी दर्ता हुन्छ । पार्टीको बिधानमा पनि दुईपटक भन्दा बढी सभापति नहुने नीति भएको हुँदा मैले यो पटक मेरो लागि अन्तिम सभापति भनेर उठने चाहाना राखेको छु । पार्टीका अग्रज ब्यक्ति तथा साथीहरुको सहयोग हुन्छ भनेर ठूलो अपेक्षा गरेको छु ।

कांग्रेसभित्र एउटै ब्यक्ति मात्र सभापतिमा दोहोरिने अरुले कहिले पालो पाउने ?
मैले अघि भनि सके पार्टीको बिद्यानमा लगातार निर्बाचित एक ब्यक्ति दुई पटक भन्दा बढी सभापति हुन नपाउने नीति उल्लेख गरेको हुँदा लाइनमा बसेका साथीहरुको पालो क्रमिक रुपले आइहाल्छ नि । संगठन बिस्तार र सुदृढिकरणको लागि पार्टीमा खटिएर काम गर्ने ब्यक्तिलाई सभापति हुन कुनै रोकतोक हुँदैन । नेतृत्वमा पहिलो पुस्ता र पदाधिकारीमा युवालाई बढी प्राथमिकता दिनेछु ।

सभापति भइसकेको ब्यक्ति फेरि किन पार्टी सभापतिको इच्छा गर्नु भयो ?
यो पटक म सभापति बनेर अर्को अधिबेशनबाट साथीहरुलाई सहयोग गर्ने मेरो इच्छा छ । पार्टीको बिधानमा पनि दुई पटक भन्दा बढी हुन नपाउने नियम नभएकोले मैले यो पटक इच्छा राखेर साथीहरुसंग सहयोगको अपिल गर्नेछु । वडादेखि जिल्लासम्मका पार्टीका साथीले यो पटक मलाई सभापतिको लागि अन्तिम मौका दिने छ भन्ने मलाई बिश्वास लागेर सभापति पदको तयारीमा लागेको छु । यो पटक म पार्टी सभापतिमा बिजय भए भने कांग्रेसलाई पुरानै अबस्था फर्काउने प्रयास गर्ने छु । बिगत २६ बर्ष देखि जिल्लास्तरमा संसदीय आम निर्बाचनमा पराजय भोग्दै आएको कांग्रेसलाई जिताउन म जोडदार रुपमा लाग्ने छु ।

सभापतिको लागि तपाईका पार्टी भित्रका नेता तथा कार्यकर्तासँग छलफल बढाउनु भएको छ ?
पाटी भित्रका नेता कार्यकर्तासँग छलफल लगभग सुरु भएको छ । अब १४ औं राष्टिय महाधिबेसन एबम जिल्लाको ९ औं महाअधिबेशन आउन करिव एक महिना मात्र बाँकी छ । यो बिषयमा मैले सबै पाटीका साथीहरुसंग कुरा राखेर छलफलको बिषय अगाडी बढाएको छु । महाधिबेशन लक्षित हाम्रो बसाई र छलफल प्रारम्भ भएको छ । अब तिब्ररुपमा सबै प्रकृया अघि बढछ ।

तपाइको मनभित्र निर्बाचन नै लडेर सभापति हुन्छ भन्ने चाहाना छ कि? सहमति भए हुन्छ निर्बाचनमा जादिन भन्ने सोच छ ?
निर्बाचन हो्स या सहमति यो पटक मेरो सभापतिको लागि कसैसंग सम्झौता हुन सक्दैन । तल्लो पदको लागि सबैलाई समाबेशी हिसावले समान अबसर पाउनु पर्छ भन्ने मेरो ध्येय हो अर्कोतिर यो पटक हारे पनि जिते पनि सभापति लडेरै छाड्छु । पार्टी भित्रका मुख्य जिम्मेवार साथीहरुले यो पटक मलाई सहयोग गर्नुहुन्छ भन्ने बिश्वास लिएको छु । निर्बाचन पद्धति प्रणाली कांग्रेसको लागि स्वीकारयुक्त भएको हुुँदा म पनि यसबाट पछि हट्दिन ।

सिमित सभापतिको मात्र चाहाना हो कि संगठन सुदृढीकरण पनि हो ?
सभापति पदमा निर्बाचित भएपछि संगठन सुदृढीकरण एबम संगठन बिस्तार गर्ने मेरो पहिले लक्ष्य हो । बिगतका बर्षहरुमा पनि सभापति हुँदा पार्टीको हितको लागि काम गरेकै हुँ अझै गर्ने उद्धेश्य छ । कार्यकर्ता प्रशिक्षण गाउँ कार्यसमिति गठन क्रियाशिल सदस्यता बिस्तार संगै स्थानीयतह स्तरीय पार्टीगत भेला आमसभा जस्ता कार्यलाई निरन्तरता दिदै अघि बढिरहेका छौ । म फेरि पार्टी सभापति भए भने संगठन सुदृढिकरण कार्यकर्ता प्रशिक्षणलाई झन प्रभावकारी रुपमा अघि बढाउछु ।

तपाईको पार्टीभित्र गुट–उपगुट हावि छ यसले महाधिबेशनलाई कस्तो प्रभाव पार्ला ?
मुगुमा गुटउपगुट भए जस्तो लाग्दैन । मैले पार्टीको बैठकमा बारम्बार भन्ने गरेको छु केन्द्रमा जे जस्तो गुटउपगुट हाबि भएपनि यहाँ हामी त्यो नगरौ पार्टीको हितको निम्ति सबै हातेमालो गरेर अघि बढौं । पीडित कार्यकर्तालाइ सम्बोधन गरौ भन्ने मेरो भनाई छ । यो १४ औं महाधिबेशनमा त्यस्तो गुटउपगुटको लडाई होला जस्तो लाग्दैन । त्यही पनि भइहाल्यो भने सोही अनुसार अघि बढौला । यो पटक एकताको महाधिबेसन होस् भन्ने म चाहान्छु । त्यही पनि केन्द्रको गुटले यो जिल्लामा पनि प्रभाव पार्न सक्छ । अन्तत म शेरबहादुर देउवाको पक्षबाट पार्टी सभापति उठन तयार छु । अरु सार्थी अर्को लाइनबाट पनि लडन सक्छन् । वडा कमिटीबाट निर्वाचित तथा मनोनित भएर आउने प्रतिनिधिको मत नै निर्णाय हुन सक्छ ।

पार्टीको सभापतिमा मात्रै किन प्रदेश, संघीय संसदमा लडने चाहाना राख्नु भएको छैन र ?
पार्टीको जिम्मेवारी पद सभापति बनेर आउदो संघीय संसदको निर्बाचनको तयारी गर्ने मेरो सोच छ । बिस २०७० सालको संसदीय निर्बाचनमा म पराजित भए । मलाई पहिलो निर्बाचनमा अनुभव पनि भयो । फेरि पनि म संसदीय निर्बाचन लड्ने मेरो इच्छा छ । त्यसको निम्ति म अहिलेदेखि नै तयारीमा छु । मलाई केन्द्र प्रदेश र जिल्ला स्तरका पार्टीका नेता तथा कार्यकर्ताहरुको राम्रो सहयोग छ । त्यसैले अब हुने संघीय संसद निर्बाचनमा मेरो तयारी छ । संघीय ससदको निर्बाचनमा उठेको मान्छे फेरि प्रदेशमा ओर्लिनु नैतिकताले पनि मान्दैन । अर्कोतिर प्रदेशमा हार ब्यहोरेका साथीलाई कता मिलान गर्ने त्यो पनि अप्ठेरो बिषय हो नि ।

कांग्रेसभित्रै अन्तरघातले निर्बाचनमा हार्नुपर्ने अबस्था छ भनेर एकथरी कार्यक्रताको दुखेसो सुनिन्छ यसमा तपाईको दृष्टीकोण के छ ?
यो स्वभाविक प्रश्न उठाउनु भयो । संसदीय र प्रदेश निर्बाचनमा पार्टीभित्रै अन्तरघातका कारण कतिपय उम्मेद्धवारले पराजय भोग्नु पर्ने अबस्था उत्पन्न नभएको होइन । टिकट बितरणमा एकथरी रुष्ट भएर मतदानको बेला अर्का पार्टीलाई सहयोग गरेर आफना उम्मेद्धारलाई पराजय गरेको रेकर्ड छन् । अब आगामी निर्बाचनमा यो अन्तरघात हुनुहुदैन । पार्टीले पनि अन्तरघात गर्ने ब्यक्तिलाई अनुशासनको कारबाही हुनुपर्छ ।

कांग्रेस नेताहरु बढी शहरमुखी हुँदा जिल्लास्तरमा संगठन कमजोर भयो भन्ने सुनिन्छ नि ?
पार्टीको काम र कहिलेकाँही आफनै बिशेष कामले प्रादेशिक राजधानी सुर्खेत काठमाडौंतिर जानु पर्ने हुन्छ । शहरमै केन्द्रीत भए जस्तो त लाग्दैन । जिल्लामा बसेर गाउँबस्तीतिर पुगेकै हौ । कार्यकर्ताले आहवान गरेको स्थानमा गएकै छौ । गाउँबस्ती वडामा पुगेर कार्यकर्ता भेटघाट गुनासा सुनुवाईलाई बिशेष प्राथमिकता दिएकै छौ । अहिलेको संचार प्रबिधिमा हरेक कार्यकर्तासंग प्राय कुराकानी समस्या गर्नुपर्ने कामको बारेमा कुराकानी भइराखेको छ ।

जिल्लामा पछिल्लो पटक कांग्रेसप्रतिको जनलहर कस्तो देख्नु भएको छ ?
दुई तिहाई बहुमतको बामपन्थी सरकारले जनभावना अनुसार काम गर्न नसकेर आफनो निजी स्वार्थका लागि छिन्नभिन्न भएपछि कांग्रेसप्रति जनलहर निकै बृद्धि हुदै गएको छ । मुगु जिल्लाको सन्दर्भमा हरेक गाउँबस्तीमा एमाले माओबादीकै सक्रिय कार्यकर्ताहरु धमाधम कांग्रेस प्रबेश गरिरहेका छन् । पार्टी भन्ने कांग्रेस मात्र रहेछ भन्ने बुझाई जनमानसमा परेको छ । अर्कोतिर यो ओली सरकारको पालामा भएको अत्याधिक भ्रष्टाचारले जनमानसमा बितृष्णा पैदा भएको छ ।

सर्बोच्च अदालतले संसद पुनस्थापना गरि देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको तपाईको प्रतिक्रिया के छ ?
सर्बोच्चको ऐतिहासिक फैसला स्वागतयोग्य र देश र जनताको हितमा छ । पटक–पटक संसद बिघटन लोकतन्त्रमाथि प्रहार भएको स्थितिमा सर्बोच्च जनताको मनभावना अनुुसार फैसला गरेको छ । नेपाली कांग्रेसलाई राष्टङ र जनताको हितमा काम गर्न थप जिम्मेवारी थपिएको छ । बिग्रेको परिस्थितिलाई सर्बोच्च अदालतले सुल्झयाई दिएको छ । संबिधान र लोकतन्त्रको रक्षा भएको छ ।

अन्तमा तपाइले केही भन्नु छ ?
पार्टीको १४ औं महाधिबेशन नजिकिदै छ । यसमा सबै हातेमालो गरि अधिबेशन सफल बनाउन तिर लागौं । बिगतका तिक्ततालाई कोटयाएर मनमुटाव बढाउने कामतिर नलागौं । कोही कसैले तिक्तताको भावना नराखौं । पार्टीभित्र धेरै पद भएकोले सबैले अबसर प्राप्त गर्ने मौका छन् । संगठन सुदृढिकरण र बिस्तारमा सबै जुटौंं । अहिले जिल्लामा करिव २६ सयको हाराहारीमा क्रियाशिल सदस्य पुगेको छ । एक क्रियाशिल सदस्यले न्यूनतम १० जना काग्रेस बनाउने भन्ने छ । कांग्रेसप्रति जनलहर बढेको छ । अब हुने जुनसुकै निर्बाचनमा हाम्रो जित सुनिश्चित गरौ यही सन्देश छ ।।

वि.सं.२०७८ असार २९ मंगलवार १६:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

कर्णाली । गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला...

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

घोडाघोडी (कैलाली) । चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली...

प्रधानमन्त्री रोजगार कार्यक्रम व्यवस्थित बनाउन संवाद मञ्च गठन

प्रधानमन्त्री रोजगार कार्यक्रम व्यवस्थित बनाउन संवाद मञ्च गठन

सिमकोट (हुम्ला) । रोजगारीका नयाँ अवसरको पहिचान गर्न र प्रधानमन्त्री...

बजेट थप नहुँदा कर्णालीमा पाँच सय भन्दा बढी योजना कार्यान्वनमा समस्या

बजेट थप नहुँदा कर्णालीमा पाँच सय भन्दा बढी योजना कार्यान्वनमा समस्या

काँक्रेविहार (सुर्खेत) । कर्णालीमा प्रदेशसभाबाट पारित भई कार्यान्वनमा जानुपर्ने पाँच...

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

भेरीगङ्गा (सुर्खेत) । नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा...

तिला नदीमा माछा मार्न गएका किशोर बेपत्ता

तिला नदीमा माछा मार्न गएका किशोर बेपत्ता

मान्म (कालीकोट) । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ मा तिला नदीमा...