Logo
१० माघ २०७८, सोमबार
     Mon Jan 24 2022
E-paper
  English Edition
   Unicode
Logo

राजनैतिक परिवर्तन पछिका कहरहरु



२००७ सालमा जहानियाँ राणा शासनको अन्त्य भयो,यो परिवर्तनलाई क्रान्ति पनि भनियो।००७ देखि ०१५ सम्म अनेकन सरकार परिवर्तन बाहेक अरु केही भएन।कहरको रुपमा ००८ साल देखि भारतिय सेनाले नेपालको उत्तरी सिमानामा अड्डा जमाए र नेपालको क्याबिनेट बैठकमा भरतिय राजदुतको रजगज चल्न थाल्यो । १९५० को असमान सन्धी यो परिघटना अगावै भैसकेको थियो । ००७ को परिवर्तन पछि नै कोशी, गण्डक सम्झौताहरु भए । राणा शासन अगावैबाट शुरु भएको नेपालीलाई भाडाको सिपाही बनाउने चलन पनि रोकिएन ।

०४६/०४७ मा पुन राजनैतिक आन्दोलन भयो । निर्दलिय पन्चायती ब्यबस्थाको अन्त्य र बहुदलीय ब्यबस्था एबं संबैधानिक राजतन्त्रको अभ्यास शुरु भयो । परिवर्तनको कहर पुन शुरु भो- नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय उद्योगहरु कौडीको भाउमा बेचिए, एमाले सहितको सक्रियतामा राष्ट्रघाती महाकाली सन्धि भयो। कालीको मुहानको ठेगान नगरी ल्याप्चे ठोक्नाले हाम्रो गुमेको भूमि अहिलेसम्म फर्कने ठेगान छैन । जनताको जीबनस्तर झनै खस्कदै गयो, बहुदलीय नेताहरुको आर्थिक हैसियत ह्वात्तै बढेर गयो । प्राकृतिक श्रोत र अन्य राष्ट्रिय मामिलामा बरु राजतन्त्र इमानदार देखियो, तर राजनैतिक पार्टीका नेताहरू बेइमान हुन पुगे । यसै सेरोफेरोमा राजा बिरेन्द्रको बंशनाश र मदन-आश्रीतको जघन्य हत्याहरु भए । माओवादी जनयुद्धको शुरूवात र उठान अनि राजा ज्ञानेन्द्रको अधिनायकवादी शासन पनि यसै अबधीका महत्वपूर्ण परिघटनाहरु हुन ।

०६३ मा दिल्लीमा युद्धरत माओवादी र नेपालका संसदीय पार्टीहरु बिच १२ बुँदे सहमति भयो । यो सम्झौता दिल्ली मै किन भयो, नेपालको राजतन्त्र हटाउन किन ईन्डियाको सहयोग स्विकार गरियो भन्ने प्रश्नहरु अहिले पनि जिबितै छन। नेपाली जनताको चाहना र आबश्यकता यो पुजीवादी गणतन्त्र थिएन,एउटा उन्नत समाजनादी ब्यबस्था थियो, तर क्रान्ति गरिरहेको शक्ति पनि किन संसदीय गणतन्त्रमा चित्त बुझाउन राजी भयो ? आगामी दिनहरुमा पनि यस्को उत्तर खोज्ने प्रयास अबश्य हुनेछ। जे होस, परिणाम स्वरुप नेपालमा गणतन्त्र आयो र सँगसँगै धर्म निरपेक्ष र संघीयता पनि आए। यति परिवर्तन त एउटा बुर्जुवा आन्दोलनले पनि गर्न सक्थ्यो भने यर्त्रो बिशाल जनयुद्धको किन आबश्यकता परेको हो । अनि जनयुद्धका शक्तिहरुले कसरी चित्त बुझाउन सकेका हुन, अचम्मै छ । एउटा यथार्थ कुरा यो राजनैतिक परिवर्तन पछि पनि नेपालमा समृद्धि, शान्ति, विकास र स्थायित्व आउन सकेको छैन । आज पनि देशको मुख्य उत्पादन शक्ति ५० लाख युबाहरु बिदेशी श्रम बजारमा छन । कतिपय नेपाली चेलीहरु बिदेशी यौन बजारमा नारकिय जीवन जिउन बाध्य छन ।

परिवर्तन पछि कर्णाली,अरुण जस्ता परियोजना भारतलाई सुम्पिएको छ । देशको परराष्ट्र र सुरक्षा मामिला समेत भारतीय छाता भित्र राख्ने प्रयासहरु भैरहेको छ । पछिल्लो चरणमा नेपाल इन्डो प्यासिफिक चक्रब्युहमा फस्दै गएको छ।देशलाई बिदेशी (अमेरिकी ) सेनाको अखडामा तब्दिल गरेर यो क्षेत्रलाई अन्तर्राष्ट्रिय शक्तिराष्ट्रहरुको लडाइँको मैदानमा परिणत गर्ने कोशिशहरु भैरहेका छन । यसैको कारणले नेपालको आन्तरिक राजनिती दुषित पारिएको छ । यहाँको सरकार गिर्ने, पुन नयाँ बन्ने र पार्टीहरू फुट्ने, जुट्ने घटनाहरु सबै वैदेशिक शक्तिकेन्द्रकै निर्देशनमा भैरहेका छन । अब यस्लाई नेपाली जनताले भोग्नु परेको महा-कहर नभनेर के भन्ने, बडा दयनीय स्थिति छ।

नेपालीले अहिलेसम्म नै लामो राजनैतिक आन्दोलनमा आफ्नो सहभागिता जनाए, तर उनिहरुका सुन्दर सपनाहरु कहिल्यै पूरा भएनन । हरेक परिबर्तन पछि झन नेपालीको स्वाभिमान गिर्दै गएको छ । दासता र दलाली बढिरहेको छ । यसो किन भैरहेको छ त ? किनकि यहाँ हरेक आन्दोलन सम्झौतामा टुंगिएका छन । बिचमा सहजकर्ता वा दलाल बनेर बिदेशीहरु आएका छन र परिवर्तन पछिको फाइदा उनिहरुले नै लुटेका छन। नेपालमा शुद्ध अर्गानिक आन्दोलन वा क्रान्ति भएकै रहेनछ । हामीले ०७ देखि नै परिवर्तनका कहरहरु ब्यहोर्दै आएका छौ । यी सम्पुर्ण कहरहरुबाट मुक्तिको निम्ति एउटा अर्गानिक आन्दोलन र क्रान्तिको तयारी गर्नु नै अहिलेको ऐतिहासिक दायित्व हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गृहमन्त्रालयले भिजिट भिसामा खाडीका देश र मलेसिया जना नपाउने भनेर जारी गरेको

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि