back
CTIZAN AD

अत्यधिक वर्षाको कारण जर्मनीमा ९३ को मृत्यु

वि.सं.२०७८ साउन १ शुक्रवार

762 

shares

१ साउन । अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी ९३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोपमा हालसम्म १०८ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

धेरैको क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा ११ जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ । जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ ।

यस प्रकोपबाट यहाँ ४३ व्यक्तिको मृत्यु भएको बताइएको छ । यस क्षेत्रमा यसअघि नै ३१ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रवार उक्त क्षेत्रमा धेरै पानी पर्ने पूर्वानुमान गरिएको छ ।

विज्ञहरूले जलवायु परिवर्तनका कारण मौसमको कठोर प्रभावका घटना तीव्र रूपमा दोहरिरहने ठानिएको तर कुनै एक्लो घटनालाई त्यससँग जोड्नु जटिल भएको बताएको छ । नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिएका छन ।

हाल अमेरिका भ्रमणका क्रममा रहेकी जर्मनीकी चान्सलर एंगेला मर्केलले राष्ट्रपति जो बाइडेनसँग भेट गर्नुअघि उक्त बाढीलाई विपद्को संज्ञा दिएका छन ।

वि.सं.२०७८ साउन १ शुक्रवार १५:३९ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...