back
CTIZAN AD

तीन दिनमा तीन भेट, के खोज्दैछन् विप्लव ?

वि.सं.२०७८ साउन १ शुक्रवार

693 

shares

साउन १, काठमाडौं । केहि दिनदेखि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सक्रियता ह्वात्तै बढेको छ । गठबन्धन सरकार निर्माण भएको भोली पल्टैदेखि विप्लवको सक्रियता बढेको हो । उनले तीन दिनमा तीन महत्वपूर्णं भेटघाट गरेका छन् ।

बुधबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनकै निवास खुमलटारमा पुगेर भेटेका उनले त्यसको भोलिपल्ट बिहीबार एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वरमा पुगेर भेटेका थिए । कोटेश्वरमा नेता नेपालसँगको एकल भेटपश्चात प्रचण्डसहित पनि उनको संयुक्त छलफल भएको थियो ।

बुधबार खुमलटार र बिहीबार कोटेश्वरमा छलफल गरेका विप्लवले शुक्रबार भने पूर्वसहकर्मीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईलाई उनकै निवास टोखा पुगेर भेटेका छन् । तीन दिनका तीन महत्वपूर्णं भेटघाटमा विप्लवसँगै नेकपाका नेता धर्मेन्द्र बास्तोला पनि सहभागी थिए ।

के एजेण्डामा भईरहेको छ छलफल ?

विप्लव नेतृत्वको नेकपाले मुख्यतः तत्कालिन सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि नेताहरुसँग आग्रह गरेको छ । नेकपा नेता धर्मेन्द्र बास्तोलाका अनुसार केपी शर्मा ओली नेतृत्वको सरकारसँग गरिएको ३ बुँदे सहमति पूर्णं कार्यान्वयन नहुँदा देखिएका जटिलताबारे गठबन्धनका नेताहरुलाई जानकारी गराइएको हो ।

उनका अनुसार ओली नेतृत्वको सरकारसँग ०७७ फागुन २१ मा गरिएको तीनबुँदे सहमती पूर्णं कार्यान्वयन भएको छैन् । नेकपाका १३० भन्दा धेरै नेता तथा कार्यकर्ता अहिले पनि जेलमा छन् ।

‘उहाँहरु सत्ता गठबन्धनमा भएको हिसाबले हामीले मुलतः तीन बुँदे सहमति कार्यान्वयनको विषय राखेका छौं, छलफलमा हाम्रो मुख्य एजेण्डा यहि नै हो’, संसार न्यूजसँग बास्तोलाले भनेका छन्, ‘अहिले पनि हाम्रा थुप्रै नेता तथा कार्यकर्ता जेलमा हुनुहुन्छ । उहाँहरुलाई रिहाई गर्ने सहमति कार्यान्वयन भएको छैन् ।’

उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे नेकपाले आफ्नो धारणा नेताहरुसँग राखेको छ । नेता बास्तोलाले बताएअनुसार बृहत कम्युनिष्ट एकता गर्ने विषयमा चलिरहेको छलफलमा पनि नेकपाले आफ्ना बुझाई राखेको छ ।

‘फेरिएको राजनीतिक परिस्थिति र बृहत कम्युनिष्ट मोर्चाको विषयमा जसरी छलफल चलेको छ, ति विषयमा पनि हामीले धारणा राखेका छौं, अहिलेको समस्यालाई सम्बोधन गर्नेगरि दलहरुबीच एकता हुने सहकार्य हुने तहसम्म सहकार्य हुन आवश्यक छ ।’

‘मुद्दामा एकता नभई कसैसँग एकता हुन्न’

अहिले पूर्वमाओवादीबीच र एमालेको ओली पक्षबाहेकका वामपन्थी पार्टीहरुबीच एकताको चर्चा छ । माओवादी केन्द्र र एमालेको माधव समूहबीच पार्टी एकता गर्ने तहमा पटक–पटक छलफल भएको छ । यस्तोमा विप्लव पक्ष पनि सहभागी हुने चर्चा छ ।

तर, नेकपाका नेता बास्तोलाले भने तत्कालै एकताको सम्भावना नरहेको बताउँछन् । उनका अनुसार मुद्दामा एकता नभई कसैसँग पनि पार्टी एकता सम्भव छैन् । ‘अहिलेका समस्या के हुन् र तिनलाई कसरी समाधान गर्ने ? ती कुरामा प्रष्ट नभई एकताका कुरा गर्नु अमूर्त हो’, बास्तोलाले भनेका छन्, ‘हामी यो व्यवस्थामा देखिएका समस्यालाई हल गर्न चाहन्छौं, राजनीतिक प्रणालीमा भित्रिएका खराबीलाई अन्त्य गर्न चाहन्छौं, यदि ति विषयमा सहमती बन्छ भने एकता भन्ने कुरा नहुने भन्ने होइन् ।’

माओवादी घटकहरुका बीचमा चलेको एकताको चर्चा भने गलत रहेको उनको भनाई छ । ‘अहिले पूर्वमाओवादी वा पूर्वएमाले भन्ने कुरामा खास अर्थ राख्दैन्, बरु बृहत कम्युनिष्ट एकताको कुरा गर्दा अहिले सान्दर्भिक देखिन्छ, हाम्रो बुझाई पनि बृहत कम्युनिष्ट एकता हुनुपर्छ भन्ने हो,’ बास्तोलाले भनेका छन्, ‘तर, चर्चामा भए झैं हामी यी विषयमा इन्ट्री गरिसकेका छैनौं ।’

वि.सं.२०७८ साउन १ शुक्रवार १७:४१ मा प्रकाशित

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...