back
CTIZAN AD

प्राङ्गारिक तरकारी खेतीबाट मनग्य आम्दानी लिँदै कञ्चनपुरका किसान

वि.सं.२०७८ साउन ३ आइतवार

576 

shares

३ साउन, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ७ सिमलफाँटाका किसान प्राङ्गारिक तरकारी उत्पादनमा लागेका छन् ।

समूहमा आबद्ध ४० मध्ये २१ किसानले रासायनिक मल र विषादीको प्रयोगविना चार बिघा जग्गामा खेती गर्दै आएका छन् । घरघरमा प्लाष्टिकका टनेलमा किसानले बोडी, फर्सी, लौका, करेला र काँक्रालगायत तरकारी उत्पादन गरी बजारमा बेच्दै आएका छन् ।

रासायनिक मल र विषादीको विकल्पका रुपमा किसानले तरकारी बालीमा गोठेमलसँगै जैविक मल र विषादीको प्रयोग गर्दै आएका छन् । उनीहरुले स्थानीयस्तरमै पाइने वनस्पतिबाट मल र विषादी बनाई तरकारी बालीमा छर्किंदै आएका छन् ।

दैनिक सिमलफाँटा गाउँबाट मात्रै ७० क्विन्टल प्राङ्गारिक तरकारी बजारमा बेच्नका लागि पठाइने गरिइएको छ । यस्ता किसानले जनही दैनिक रु चार हजार बढीको आम्दानी लिने गरेका छन् । सहजरुपमा तरकारी बेचेको पैसाले परिवारको खर्च धानिँदै आएको छ ।

प्राङ्गारिक तरकारीखेतीमा लागेका अधिकांश किसान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रबाट हटाइ यस क्षेत्रमा पुनःस्थापना गरिएका हुन् । पुनःस्थापना गरिएका परिवारसँग स्वामित्वको १० कट्ठा जग्गा छ । सोही जग्गामा ती परिवारले प्राङ्गारिक तरकारी खेती गर्दै आएका छन् ।

खेतीमा संलग्न किसानको आर्थिक अवस्थामा विगतका तुलनामा निकै सुधार आएको छ । “विगतमा रोजगारीका लागि भारतमा जाने गरेका युवा तरकारी खेतीमा संलग्न भएपछि घरमै बसीबसी आम्दानी गर्न थालेका छन्”, स्थानीयवासी वसन्ती देवी विष्टले भनिन्, “भारतमा कमाउनेभन्दा बढी पैसा तरकारी बेचेर आउन थालेपछि अधिकांश युवाले स्वदेशमै रोजगारी पाएका छन् ।”

स्थानीय किसानले तरकारीखेतीमा देखाएको रुचिलाई ध्यानदिँदै कृषि विकास तथा पशुपन्छी विकास मन्त्रालयको प्राङ्गारिक मिसन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत अनुदान रकम उपलब्ध गराइएको छ । अनुदानस्वरुप केन्द्रले रु २७ लाख र स्थानीय किसानले प्राङ्गारिक तरकारी खेती गर्नका लागि रु तीन लाख रकम बेहोरेका छन् ।

अनुदान रकम पाएका समूहमा आबद्ध किसानले २४ प्लाष्टिक टनेल, २६ जैविक विषादी तयार गर्ने ड्रम, सय क्रेट, मल्चिङ, ग्रिननेट, थोपा सिँचाइ, स्प्रे टङ्की र भकारो सुधारमा रकम खर्च गरेका छन् । योसँगै सिँचाइका लागि तीन बोरिङसमेत जडान गरेका छन् । प्राङ्गारिक तरिकाले उत्पादन गरेको तरकारी भने बजारमा बेच्नका लागि निकै सास्ती हुने गरेको छ ।

“रासायनिक मल र बिषादी प्रयोग भएको तरकारीको तुलनामा देख्नमा आकर्षक र चम्किने नहुँदा बजारमा बेच्नका लागि निकै सास्ती खेप्नुपर्ने अवस्था रहेको छ”, किसान नरेन्द्र धानुकले भने, “पसल सञ्चालकले देख्नमा आकर्षक नहुँदा ग्राहकले नरुचाउने भनेर खरीद गर्न नै मान्दैनन् ।”

जैविक मल र विषादीको प्रयोग गरी तयार गरिएको तरकारी मानव स्वास्थ्यका लागि हितकारी रहेको लगायतका कुरा सम्झाएपछि मात्रै बिक्री हुने गरेको उनका भनाइ छ । तरकारी बिक्री गर्नमा समस्या आउन थालेपछि स्थानीय झलारी बजारमा आफ्नै तरकारी सङ्कलन केन्द्र र बिक्री केन्द्र राख्नका लागि किसानले पहल थालेका छन् ।

“प्राङ्गारिक तरकारीको महत्व बुझाउन नसक्दा तरकारी बजारमा बेच्न गाह्रो भएका बेला कोरोना महामारीका कारण झनै समस्या भएको छ”, राजमति महराले भने, “बीउ नपाउँदा ढिलो गरी तरकारी रोप्दासमेत चाहेअनुसारको आम्दानी यस वर्ष पाउन सकेका छैनौँ ।”

स्थानीयवासी नरेन्द्र धानुकले भने, “यसले वातावरणमा प्रतिकूल प्रभाव नपार्ने भएकाले प्राङ्गारिक विधिबाट तरकारी उत्पादनमा लागेका छौँ ।” बजारमा तरकारी बिक्री गर्न लैजाँदा रासायनिक विषादी र मल प्रयोग भएको तरकारीकै मूल्यमा तरकारी बिक्री गर्नुपर्ने बाध्यता रहेको उनले गुनासो गरे ।

प्राङ्गारिक तरकारीको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पर्दैन भन्ने कुरा ग्राहकलाई बुझाउन सचेतनाका कार्यक्रम अगाडि बढाइएको स्थानीयवासी बिन्दु साउदको भनाइ छ ।

“रासायनिक मलखाद र विषादीको प्रयोगबाट उत्पादन बढाई खाद्यसङ्कट कम गर्न सकिन्छ”, उनले भनिन्, “अत्यधिक रासायनिक विषादी र मलखादको प्रयोगबाट माटो, वातावरण, पानी र मानव स्वास्थ्यमा पर्न गएको प्रतिकूल प्रभावलाई कम गर्न नसकिने भएकाले प्राङ्गारिक तरिकाले गरिएको तरकारीखेतीमा जोड दिनुपर्छ भन्ने कुरालाई किसान र ग्राहकलाई बुझाउँदै छौँ ।”

वि.सं.२०७८ साउन ३ आइतवार १३:११ मा प्रकाशित

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...