back
CTIZAN AD

जसपामा उपेन्द्र–बाबुराम पक्ष थप शक्तिशाली, कार्यकारिणीसँगै संसदीय दलमा पनि बहुमत

वि.सं.२०७८ साउन ३ आइतवार

885 

shares

साउन ३, काठमाडौं । सत्ता परिवर्तनको खेलसँगै जनता समाजवादी पार्टी (जसपा)मा उपेन्द्र यादव तथा बाबुराम भट्टराई पक्ष थप शक्तिशाली बनेको छ । केन्द्रीय कार्यकारिणी समितिमा मात्रै बहुमत पु¥याउन सफल यादव तथा भट्टराई पक्ष पछिल्लो सत्ता समिकरणसँगै संसदीय दलमा पनि बहुमत जुटाउन सफल भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव दर्ता गरेसँगै निर्णय लिन आइतबार बसेको यादव–भट्टराई पक्षीय बैठकमा ३२ सांसदमध्ये १९ सांसदको उपस्थिति थियो । तत्कालिन समय महन्थ ठाकुर पक्षमा देखिएका ७ सांसद यादव–भट्टराई पक्षीय बैठकमा उपस्थित भएका हुन् ।

गत जेठ ७ मा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा दायर रिटमा जसपाका १२ सांसदले मात्रै हस्ताक्षर गरेका थिए । तत्कालिन समय ३२ सांसदमध्ये २० सांसद महन्थ ठाकुर पक्षमा देखिएका थिए ।

तर, केपी शर्मा ओली सत्ताबाट हटेसँगै ७ सांसदले कित्ता परिवर्तन गरेका हुन् । यादव–भट्टराई पक्ष केन्द्रीय कार्यकारिणी समितिमा पनि झण्डै दुई तिहाईको हैसियतमा छ । ५१ सदस्यमध्ये ३१ सदस्य यसअघि नै यादव–भट्टराई पक्षमा देखिएका थिए ।

आधिकारिकताको फैसला यादव–भट्टराई पक्षमा आउन सक्ने

जसपाको पार्टी विभाजनसम्बन्धी मुद्दामाथि निर्वाचन आयोगमा जारी सुनुवाई अन्तिम चरणमा छ । निर्वाचन आयोगले जनाएअनुसार जसपासम्बन्धी मुद्दामा आजदेखि सुनुवाई सकिनेछ ।

जसपाका दुवै पक्षले आ–आफ्नो पक्ष आधिकारिक रहेको दाबी गरिरहेका छन् । आधिकारिकताको दाबीमाथि निर्वाचन आयोगले सुनुवाई सकिएसँगै निर्णय दिनेछ ।

आधिकारिताको विषयमा सुनुवाई अन्तिम चरणमा रहेको बेला केन्द्रीय कार्यकारिणी र संसदीय दलमा बहुमत जुट्नुसँगै यादव–भट्टराई पक्षलाई ठूलो राहत पुगेको छ । योसँगै यादव–भट्टराई पक्षमा फैसला हुनसक्ने सम्भावना पनि देखिएको छ ।

सम्बन्धित समाचार

यी हुन् प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने जसपाका १९ सांसद( सूचीसहित)

वि.सं.२०७८ साउन ३ आइतवार १७:२१ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...