back
CTIZAN AD

गण्डकी प्रदेशमा थप ५ कोरोना संक्रमितको मृत्यु, ३३८ जनामा संक्रमण

वि.सं.२०७८ साउन ३ आइतवार

858 

shares

३ साउन, काठमाडौं । गण्डकी प्रदेशमा आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा आइतबार नवलपरासीपूर्वका २ जना र गोर्खा, तनहुँ तथा कास्कीका १÷१ जना गरी पाँचजनाको मृत्यु भएको हो ।

आइतवार थपिएका ५ जनासँगै प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या १०२५ पुगेको छ ।

त्यस्तै प्रदेशमा आज मनाङमा १, म्याग्दीमा १३, पर्वतमा १९, गोरखामा ३०, लमजुङमा ३, तनहुँमा १५, कास्कीमा १६२, वाग्लुङमा २५, स्याङजामा ५३ र नवलपरासीपूर्वमा १७ जना गरी ३३८ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १७७ जना महिला र १६१ जना पुरुष रहेका छन् । आज प्रदेशमा ३६६ जना निको भएका छन् ।

आइतवार थपिएका ३३८ जनासँगै प्रदेशमा हालसम्म ६१ हजार ५०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ५७ हजार ७३० जना निको भइसकेका छन् ।

प्रदेशमा हाल २७५१ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २६१५ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयद्धारा जारी विवरणमा उल्लेख छ ।

No photo description available.

गण्डकी प्रदेशमा आज थपिए २६८ कोरोना संक्रमित, ३ जनाको मृत्यु

 

वि.सं.२०७८ साउन ३ आइतवार १७:२६ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...