back
CTIZAN AD

प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्रीले दिए दुईपटक शुभकामना

वि.सं.२०७८ साउन ४ सोमवार

915 

shares

४ साउन, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुईपटक शुभकामना दिएका छन् ।

प्रधानमन्त्री देउवाले आइतवार संसदबाट बहुमत सांसदको मतसहित विश्वासको मत लिनासाथ सामाजिक संजाल ट्विटरमार्फत् शुभकामना दिएका मोदीले सोमबार पुनः फोन गरेर बधाई तथा शुभकामना दिएका हुन् ।

सोमबार भएको दुवै देशका प्रधानमन्त्रीको टेलिफोन वार्तामा भारतीय प्रधानमन्त्री मोदीले दुई देशको सम्बन्ध थप सुदृढ हुने भन्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए । उनले नेपाल–भारत दुवै मिलेर कोरोना भाइरसविरुद्धको लडाइमा सहकार्य गर्ने बताउँदै नेपालका लागि छिट्टै खोप उपलब्ध गराइने समेत बताएका छन् ।

असार २९ गते प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री देउवालाई भारतीय राजदूत विजय मोहन क्वात्राले प्रधानमन्त्री निवासमै पुगेर बधाई दिएका थिए भने प्रधानमन्त्री मोदीले बधाई नदिँदा राजनीतिक वृत्तमा विभिन्न टिप्पणीहरु गरिएका थिए । तर,आइतवार प्रधानमन्त्री देउवाले बहुमतसहित विश्वासको मत लिनासाथ मोदीले ट्विटरमार्फत् र सोमबार फोनै गरेर शुभकामना दिएका हुन् ।

वि.सं.२०७८ साउन ४ सोमवार १५:४२ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...