back
CTIZAN AD

२२ नेतामाथि गर्ने कारबाहीबारे निर्णय लिन बालकोटमा ओली पक्षको बैठक

वि.सं.२०७८ साउन ४ सोमवार

918 

shares

साउन ४, काठमाडौं । नेकपा (एमाले)को संस्थापन पक्ष पार्टी निर्देशन उल्लंघन गर्ने २२ सांसदमाथि थप कारबाहीको निर्णय लिन छलफलमा जुटेको छ । केन्द्रीय समिति बैठकबाट स्पष्टीकरण सोध्ने निर्णय लिएको एमालेको संस्थापन पक्ष थप कारबाहीको निर्णय लिन ओली निवास बालकोटमा छलफलमा जुटेको हो ।

नेताहरु केन्द्रीय समिति बैठक सकिए लगत्तै बालकोट पुगेका थिए ।

एमालेले पार्टी निर्देशन उल्लंघन गर्ने माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, उनीहरुले जवाफ नदिए कस्तो कारबाही गर्ने भन्ने निर्णय केन्द्रीय समितिले लिएको छ । जसबारे निर्णय लिन बालकोटमा संस्थापन पक्षमा स्थायी समिति सदस्यहरु जम्मा भएका हुन् ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा माधव नेपालसहित उनी पक्षका १३ र पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षमा खुल्दै आएका ९ सांसदले मत दिएका थिए । देउवाको पक्षमा ओली पक्षमै देखिएका सांसद खुलेसँगै कस्तो कारबाही गर्ने भन्ने विषय अन्यौंल बनेको छ ।

साथै ओली पक्षभित्रै कारबाहीबारे मतभेद छ । ओली पक्षका दोस्रो तहमा देखिएका केहि नेताहरु पार्टीलाई एकताबद्ध बनाउने अभियानमा जुटेका छन् । उनीहरुले कारबाहीभन्दा संवादलाई जोड दिनुपर्ने बताउँदै आएका छन् ।

सम्बन्धित समाचार

एमाले बैठक : देउवालाई मत दिने सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय

सांसद पार्वती विशुन्के भन्छिन् – कारबाही हामीलाई होइन् पार्टी र संसद सिध्याउन खोज्ने ओलीलाई हुनुपर्छ

वि.सं.२०७८ साउन ४ सोमवार १६:५० मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...