back
CTIZAN AD

आज २ हजार ४४५ जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

वि.सं.२०७८ साउन ४ सोमवार

885 

shares

४ साउन, काठमाडौं । नेपालमा आज २,४४५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७,८३३ पिसीआर र ३८३१ ऐन्टिजेन गरी ११,६६४ वटा नमुना परीक्षणमा २,४४५ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा भक्तपुरमा ८८, ललितपुरमा ५६ जना र काठमाडौंमा ३३० जना गरी उपत्यकामा आज ४७४जना संक्रमित थपिएका छन् । आइतवारकोे तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या केही बढेको देखिन्छ ।

नेपालमा हालसम्म ३४ लाख ७७ हजार ५१८ पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको २ लाख ६६ हजार ६६२ विधिबाट गरिएको ३७ लाख ४४ हजार १८० नमुना परीक्षणमा हालसम्म ७ लाख १८ हजार ६६४ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी १२५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १२५८ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ३३ हजार ३३२ जना निको भइसकेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३२ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,५८२ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल २५ हजार ४८५ जना संक्रिय संक्रमित रहेका छन् । तीमध्ये होम आइसोलेशनमा २२ हजार ८३४ र संस्थागत आइसोलेशनमा २,५८३७ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ५६४ र भेन्टिलेटरमा १५५ जनाको उपचार भइरहेको छ । आइतवारको तुलनामा भेन्टिलेटरमा उपचार गराउनेको संख्या केही घटेको छ ।

पछिल्लो २४ घण्टामा थपिए १८०१ कोरोना संक्रमित, २३ जनाको मृत्यु

 

वि.सं.२०७८ साउन ४ सोमवार १६:४५ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...