back
CTIZAN AD

पछिल्लो २४ घण्टामा थपिए १८०१ कोरोना संक्रमित, २३ जनाको मृत्यु

वि.सं.२०७८ साउन ३ आइतवार

807 

shares

३ साउन, काठमाडौं । नेपालमा आज १८०१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६,६२८ पिसीआर र ३००० ऐन्टिजेन गरी ९,६२८ वटा नमुना परीक्षणमा १८०१ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा भक्तपुरमा ३६, ललितपुरमा ६४ जना र काठमाडौंमा २३४ जना गरी उपत्यकामा आज ३३४ जना संक्रमित थपिएका छन् । शनिवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या केही कमी हो ।

नेपालमा हालसम्म ३४ लाख ६९ हजार ६८५ पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको २ लाख ६२ हजार ८३१ विधिबाट गरिएको ३७ लाख ३२ हजार ५१६ नमुना परीक्षणमा हालसम्म ७ लाख १६ हजार १९ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी १६६७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १६६७ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ३२ हजार ७४ जना निको भइसकेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २३ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,५५० पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल २५ हजार ४८५ जना संक्रिय संक्रमित रहेका छन् । तीमध्ये होम आइसोलेशनमा २२ हजार ८३४ र संस्थागत आइसोलेशनमा २,६५१ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ५६१ र भेन्टिलेटरमा १६५ जनाको उपचार भइरहेको छ । शनिवारको तुलनामा आइतवार आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या केही घटेको छ ।

आज देशैभरी १८७५ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

वि.सं.२०७८ साउन ३ आइतवार १७:४२ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...