back
CTIZAN AD

एमाले बैठक : देउवालाई मत दिने सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय

वि.सं.२०७८ साउन ४ सोमवार

678 

shares

साउन ४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदहरुलाई नेकपा (एमाले)ले २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

पार्टी अनुशासन, कम्युनिष्ट आन्दोलनको आर्दशको दृष्टिले अनुशासनहीन काम भएकाले स्पष्टीकरण सोध्ने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

देउवालाई माधवकुमार नेपालसहित उनी पक्षीय १३ सांसद र पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षमा देखिएका ९ सांसद गरि २२ सांसदले विश्वासको मत दिएका थिए ।

एमाले प्रवक्ता ज्ञवालीका अनुसार बैठकले कार्यदलले दिएको १० बुँदे प्रस्तावलाई अनुमोदन गर्ने पनि निर्णय गरेको छ । कार्यदलको प्रस्ताव, एमाले स्थायी समिति बैठकको निर्णयअनुसार आजको बैठक दशौं बैठक भएको उनले बताए ।

तर, दशौं बैठक भनिएपनि आजको बैठकमा माधवकुमार नेपाल पक्ष भने सहभागी छैन् । माधव पक्षले बैठकलाई एकतर्फी बैठक भएको संज्ञा दिएको छ ।

सम्बन्धित समाचार

केन्द्रीय कमिटी बैठकमा पनि गएन माधव समूह

वि.सं.२०७८ साउन ४ सोमवार १४:०५ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...