back
CTIZAN AD

एनआरएनए केन्याको अध्यक्षमा कृष्ण गैरे निर्विरोध

वि.सं.२०७८ साउन ४ सोमवार

822 

shares

४ साउन, केन्या । गैरआवासिय नेपाली संघ (एनआरएनए) केन्याको १८ जुलाईमा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनले संघको नयाँ कार्यसमितिको अध्यक्षमा कृष्ण गैरेलाई निर्विरोध निर्वाचित गरेको छ ।

राजधानी नैरोबीस्थित मया रेष्टुरेण्टको हलमा सम्पन्न भएको संघको पाँचौ महाधिबेशनले नयाँ कार्यसमितिको अध्यक्षमा गैरेसहित सबै पदमा निर्विरोध निर्वाचित गरेको बताइएको छ ।

महाधिबेशनले उपाध्यक्षमा सिवलाल अधिकारी, महिला उपाध्यक्षमा लक्ष्मी बुलन, महासचिवमा यज्ञमणि रेग्मी (भरत) सचिवमा सुरेश मोर, कोषाध्यक्षमा रवि जैन, महिला संयोजकमा मिरा गिरी, युवा संयोजकमा कमल अधिकारी र सदस्यहरुमा बिष्णु भुसाल, गणेश कामी, प्रभाकर भण्डारी, राजन अधिकारी, राजेश पाठक, रेवत श्रेष्ठ, लक्ष्मण गैरे पनि निर्विरोध चयन भएका छन् । त्यसैगरी संघको आईसिसि सदस्यमा टिका धिताल चयन भएका छन् ।

राष्ट्रिय समन्वय परिषद् केन्याका उपाध्यक्ष सिवलाल अधिकारीको सभापतित्व एवं केन्याको लागि अवैतनिक महावाणिज्यदूत जिम्मी अस्करको प्रमुख आतिथ्यता र महासचिव टिका धितालको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) पूर्व सदस्य यादव काफ्ले, संस्थापक अध्यक्ष एवं केन्द्रीय निर्वाचन पर्यवेक्षक कुल बहादुर कार्कीको उपस्थिति रहेको थियो ।

एनआरएनए केन्याका कोषाध्यक्ष यज्ञमणि रेग्मि (भरत) ले स्वागत मन्तव्य राखेका थिए भने संस्थाको २०१९/०२१ को बार्षिक प्रतिबेदन समितिका महासाचिब टिका धिताल र आर्थिक प्रतिबेदन कोषाध्यक्ष यज्ञमणि रेग्मि (भरत) ले पेस गरेका थिए ।

May be an image of 5 people and people standing

सागर भन्डारी विभोरले मिठा–मिठा गजल सुनाएको उक्त कार्यक्रममा गंगा बस्यालले कोरोना सम्बन्धि कविता सुनाएका थिए भने अतिथि एनआरएनए (एनसिसि) ईराकका पूर्वअध्यक्ष तथा एनसिसि केन्याका सल्लाहकार खेम पौडेलले आफ्नो मन्तब्य राखेका थिए ।

पाचौ महाधिवेशनभित्रै समेटिएको नयाँ कार्यसमिति गठनको निम्ति निर्वाचनको कार्यक्रम रहेपनि सबै पदका उम्मेदवारहरु निर्बिरोध भएका थिए । कृष्णदत्त भट्टको निर्वाचन समिति संयोजक सामितिको सदस्यमा उदय प्रकाश हाडा र यादव काफ्ले रहेका थिए ।

निर्वाचन संयोजक भट्टले नयाँ कार्यसमितिलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए भने प्रमुख अतिथि जिम्मि अस्कर, बिशेष अतिथि कुलबहादुर कार्की र यादव काफ्लेले नयाँ कार्य समितिलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए । साथै अतिथिहरु कृष्ण दत्त भट्ट र खेम पौडेलले नयाँ कार्यसमितिलाई एक भएर टिम वर्कका साथ अगाडि बढ्ने सल्लाह दिदै बधाई तथा सुभकामना दिएका थिए ।

त्यसैगरी सोहि कार्यसमितिको बैठकले २०२१-२०२३ को लागि संरक्षकमा कुल बहादुर कार्की र उदय प्रकाश हाडा तथा सल्लाहकारमा खेम पौडेल, कृष्ण दत्त भट्ट र यादव काफ्लेलाई चयन गरेको छ ।

वि.सं.२०७८ साउन ४ सोमवार १४:२१ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...