back
CTIZAN AD

चार दिन भित्रमा अफगानिस्तानमा ९५० तालिबान मारिए, ५०० घाइते

वि.सं.२०७८ साउन ४ सोमवार

627 

shares

४ साउन । अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकूहरु मारिएका छन् । घटनाका कारण अरु पाँच सय भन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । यो विवरण पछिल्लो चार दिनको भएको बताइएको छ ।

सुरक्षाकर्मीहरु र तालिबान लडाकूहरुका बीचमा देशका २० भन्दा बढी प्रान्त र सहरमा भिडन्त तथा हिंसात्मक घटना भएको जनाइएको छ । लडाकू समुहले लगातार हिंसात्मक गतिविधिहरु गरिरहेकाले सुरक्षा कारबाही गर्नु परेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

कतिपय सहर तथा क्षेत्रहरु तालिबान लडाकूहरुको नियन्त्रणमा रहेको दाबी गरिएको छ । ती मध्ये सोर्ख ए पर्सा जिल्लाको पर्वाना र माइलस्तान जिल्लाको घाज्नीलाई सुरक्षाकर्मीहरुले आफ्नो नियन्त्रणमा लिइएको जनाएका छन् । तर चाखान्सुर जिल्लाको मिर्मोजलाइ भने लडाकूहरुले फेरि कब्जा गरेको समाचार श्रोतले जनाएको छ ।

अफगानिस्तानको उत्तरपूर्वी प्रान्त ताखारमा पनि सुरक्षाकर्मी र तालिबान लडाकूहरुका बीचमा ठूलो भिडन्त भएको थियो । तालिबान लडाकूहरुको नियन्त्रणमा रहेका ठाउँहरुलाई नियन्त्रणमुक्त गर्न सरकारी सुरक्षाकर्मीहरुले प्रयास गरिरहेको अधिकारीहरुले जनाएका छन् ।

वि.सं.२०७८ साउन ४ सोमवार १४:२५ मा प्रकाशित

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...