back
CTIZAN AD

माधव नेपाललाई महेश बस्नेतको आग्रह : एमाले छोड्नुहोस्, सम्मानपूर्वक बिदा गर्छाैँ (भिडियोसहित)

वि.सं.२०७८ साउन ५ मंगलवार

867 

shares

साउन ५, काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले माधव नेपाललाई पार्टी छाडेर जान आग्रह गरेका छन् । मंगलबार राष्ट्रिय युवा संघ अन्तरजिल्ला विशेष प्रदेशको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्रै बसेर पार्टीको विरोध गर्न नसुहाउने बताए ।

उनले माधव नेपाललाई विधि र पद्धतिको कुरा गर्दै पार्टी हितविपरित काम नगर्न चेतावनी दिए । उनले एमालेमै बसेर एमालेकै विरुद्व काम गर्न नछाड्दासम्म पुत्ला जलाउन पनि नछाड्ने बताए ।

उनले माधव नेपालले एमाले छाडे सम्मानपूर्वक बिदा गर्ने पनि बताए ।


‘साँच्चिकै विधि, पद्धति र नीतिको कुरा गर्ने हो भने तपाईँ (माधवकुमार नेपाल) एमाले छोडेर जान सक्नुहुन्छ, एमाले फोर्न सक्नुहुन्छ, तर एमालेमा बसेर पार्टीको हितविरुद्व काम गर्न पाउनहुन्न’, बस्नेतले भने, ‘तपाईँ एमालेमा बस्न चाहनुहुन्न भने कृपया तपाईँले छोड्नुहोस्, हामी पुत्ला जलाउँदैनौं । तपाईँलाई सम्मानपूर्वक बिदा गर्छौं । तर एमालेमा बसेर एमालेलाई बर्बाद गर्ने स्थितिमा राष्ट्रिय युवा संघले प्रतिवाद गर्छ ।’

एमालेलाई जोगाउन युवा पंक्तिले जस्तो सुकै कदम चाल्न पनि तयार हुने उनको भनाई छ ।

एक अर्को प्रसङ्गमा बोल्दै बस्नेतले प्रचण्ड आफुँहरु डराएर सुरक्षा थप गरेको बताए । उनले एमाले पंक्ति प्रचण्डसँग कत्ति पनि नडराएको बताए ।

वि.सं.२०७८ साउन ५ मंगलवार १६:४७ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...