७ साउन, काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। बैठक दिउँसो ३ बजे बोलाइएको हो।
यसअघि बुधवारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता बचाउनका लागि हदैसम्म लचिलो हुने जनाउँदै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको बताएका थिए।
अध्यक्षा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको र एकता भएमा सबै संरचनाहरू ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुने बताएका थिए ।
आजको बैठकमा पनि पार्टी एकताको विषयमा केन्द्रीत रही छलफल हुने जनाइएको छ। ओलीले दोस्रो अध्यक्ष बनाउने प्रतिबद्धता जनाए सँगै माधव पक्षलाई एकताका लागि दबाब परेको बताइएको छ ।
वि.सं.२०७८ साउन ७ बिहीवार १०:२३ मा प्रकाशित






























