back

युवा परिचालन गर्न रेडक्रस गोष्ठी

वि.सं.२०७३ फागुन ७ शनिवार

990 

shares
IME Limited
NTC AD

 ७ फागुन,काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा मातहत रहेका १९ उपशाखामा कार्यरत युवा स्वयम्सेवीलाई बन्द, हडताल, विपद् र आपत्कालीन अवस्थामा सशक्त रुपमा परिचालन गर्ने उद्देश्यले शुक्रबार ‘रेडक्रस अभियानमा युवा’ विषयमा गोष्ठी आयोजना गरियो ।

रेडक्रसका गणबहाल, सीतापाइला, ब्रह्मटोल र चन्द्रागिरि उपशाखाको संयुक्त आयोजनामा भएको गोष्ठीमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रतिनिधि अमरदीप सुनुवार, रेडक्रस केन्द्रीय कार्यालयका जुनियर युवा रेडक्रस विभागका बालकृष्ण सेढाईं र सङ्गठन विभागका नारायण लामिछानेले रेडक्रस गतिविधिमा युवाको भूमिका तथा सङ्गठनको सुदृढीकरणबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गोष्ठीमा काठमाडौँभित्रका १० उपशाखाका पदाधिकारीको सहभागिता थियो ।
रेडक्रसका सात सिद्धान्तको वाचन गरी प्रारम्भ गरिएको उक्त गोष्ठी विपद्का बेला युवालाई परिचालन हुन ,उत्प्रेरणा दिन र विशेष मार्ग निर्देश गर्न सफल भएको आयोजकले जनाएको छ । रासस

वि.सं.२०७३ फागुन ७ शनिवार ०५:४८ मा प्रकाशित

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहट । सशस्त्र प्रहरी बल नेपालले लागुऔषधको कारोबारमा संलग्न दुई...

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वत फलेवास नगरपालिका कुर्घाका रामकृष्ण शर्मा शनिवार साँझ बुटवलमा सम्पन्न...

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार...

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै गलकोट (बागलुङ)...