back
CTIZAN AD

युवा परिचालन गर्न रेडक्रस गोष्ठी

वि.सं.२०७३ फागुन ७ शनिवार

1.3K 

shares

 ७ फागुन,काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा मातहत रहेका १९ उपशाखामा कार्यरत युवा स्वयम्सेवीलाई बन्द, हडताल, विपद् र आपत्कालीन अवस्थामा सशक्त रुपमा परिचालन गर्ने उद्देश्यले शुक्रबार ‘रेडक्रस अभियानमा युवा’ विषयमा गोष्ठी आयोजना गरियो ।

रेडक्रसका गणबहाल, सीतापाइला, ब्रह्मटोल र चन्द्रागिरि उपशाखाको संयुक्त आयोजनामा भएको गोष्ठीमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रतिनिधि अमरदीप सुनुवार, रेडक्रस केन्द्रीय कार्यालयका जुनियर युवा रेडक्रस विभागका बालकृष्ण सेढाईं र सङ्गठन विभागका नारायण लामिछानेले रेडक्रस गतिविधिमा युवाको भूमिका तथा सङ्गठनको सुदृढीकरणबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गोष्ठीमा काठमाडौँभित्रका १० उपशाखाका पदाधिकारीको सहभागिता थियो ।
रेडक्रसका सात सिद्धान्तको वाचन गरी प्रारम्भ गरिएको उक्त गोष्ठी विपद्का बेला युवालाई परिचालन हुन ,उत्प्रेरणा दिन र विशेष मार्ग निर्देश गर्न सफल भएको आयोजकले जनाएको छ । रासस

वि.सं.२०७३ फागुन ७ शनिवार ०५:४८ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

चन्द्रपुर (रौतहट) । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले...