back
CTIZAN AD

प्रा.डा सुवेदीद्वारा पुस्तकसहित रु दश लाख नेपाल ल क्याम्पसलाई प्रदान गर्ने

वि.सं.२०७८ साउन ८ शुक्रवार

660 

shares

८ साउन, लण्डन । बेलायतमा विगत ३० वर्षदेखि अन्तर्राष्ट्रिय कानून र मानवअधिकार विषयको प्राध्यापन गर्दै आएका प्रा.डा सूर्यप्रसाद सुवेदीले आफूले प्रकाशन गरेका र विद्यार्थी जीवनदेखि सङ्ग्रह गरिएका अन्तर्राष्ट्रिय कानून र मानवअधिकारसम्बन्धी पुस्तकसहित रु दश लाख त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल ल क्याम्पसलाई प्रदान गर्ने घोषणा गरेका छन् ।

बेलायतको हल विश्वविद्यालयबाट स्नातकोत्तर तहमा विशिष्ट श्रेणीमा प्रथम हुनाका साथै अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि र महाविद्यावारिधिको उपाधि हासिल गरेका प्रा सुवेदीले अध्ययन तथा प्राध्यापनका क्रममा सङ्कलन गरेका आफैद्वारा प्रकाशित पुस्तक आफैले कानूनमा स्नातक गरेको उक्त क्याम्पसलाई दिने निधो गरेका हुन् । उनले ती सबै पुस्तक आफ्नै खर्चमा नेपाल पठाउने पनि जानकारी दिए ।

लिड्स, लण्डन र अक्सफोर्डलगायत संसारका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरेका प्रा सुवेदीको निजी सङ्कलनमा रहेका अन्तर्राष्ट्रियस्तरका यस्ता ग्रन्थले नेपालका वर्तमान र भावी पुस्ताका छात्रछात्रा लाभान्वित हुने भएका छन् ।

उनले प्रदान गर्ने रु दश लाख नेपाल ल क्याम्पसको मुद्दती खातामा जम्मा गरी त्यसको वार्षिक ब्याजबाट प्रत्येक वर्ष उक्त क्याम्पसको पुस्तकालयमा नयाँ–नयाँ ग्रन्थ थप्दै जाने व्यवस्था पनि गरिएको छ । प्राज्ञिक उन्नयनमा सघाउन अमूल्य सहयोग प्रदान गरेको भन्दै क्याम्पस पधाधिकारीले प्रा सुवेदीलाई धन्यवाद दिएका छन् ।

वि.सं.२०७८ साउन ८ शुक्रवार १३:३० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...