९ साउन, बेलायत । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीमा बेलायतबाट ७ जना निर्विरोध निर्वाचित भएका छन् ।
जुलाई ३१ मा हुने एनआरएनए युकेको अधिबेशन तथा निर्वाचनका आइसीसी सदस्यमा ९ जनाले उम्मेदवारी दिएकोमा अन्तिम नामावली प्रकाशन गर्ने क्रममा २ जनाले उम्मेदवराी फिर्ता लिएपछि ७ जना निििर्वरोध निर्वाचित भएको बताइएको छ ।
बेलायतबाट संघको केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरुमा राजेन्द्र पुडासैनी, महेश अधिकारी, कोश्लेश्वर ढकाल, दिनेश घिमिरे, भिमलाल भट्टराई, एलएन पाण्डे र समीर खनाल रहेका छन् । निर्विरोध निर्वाचित भएका उनीहरुलाई एनआरएनए युकेको निर्वाचन समितिले औपचारिक घोषणा भने गरेको छैन ।
उम्मेदवारी दिएका अर्क तिमल्सीना र केदार थपलियाले अन्तिममा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनीहरु स्वतः निर्वाचित भएको बताइएको छ ।
वि.सं.२०७८ साउन ८ शुक्रवार १३:१६ मा प्रकाशित






























