back
CTIZAN AD

शिक्षण अस्पतालले कर्मचारीको रोकिएको तलबभत्ता दिने

वि.सं.२०७८ साउन ८ शुक्रवार

627 

shares

८ साउन, राँझा । नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीको रोकिएको तलबभत्ता दिने भएको छ ।

आन्दोलनमा उत्रिएको सातौँ दिनमा व्यवस्थापन समितिबाट कर्मचारीको माग पूरा गर्ने भन्दै लिखित सहमति भएपछि कर्मचारीले व्यवस्थापन तथा प्रशासनमा लगाएको ताला खोलेका छन् ।

विगत लामो समयदेखि तलब भत्ता नपाएपछि आन्दोलनमा उत्रिएका शिक्षण अस्पताल नेपालगञ्जका कर्मचारीको माग व्यवस्थापन पक्षले सम्बोधन गरेको छ । व्यवस्थापन पक्षका तर्फबाट लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिडेटका उपनिर्देशक श्यामकुमार शर्मा तथा आन्दोलित कर्मचारीका तर्फबाट मुनिर खान, अशोककुमार दीक्षित र विजयकुमार त्रिपाठीले उक्त लिखित सहमतिमा हस्ताक्षर गरेका छन् ।

वैशाख महिनाको तलब साउन १० गतेभित्र, जेठ महिनाको तलब साउन २० गतेभित्र र असार महिनाको तलब भदौ ७ गतेभित्र उपलब्ध गराउने साथै फरक तलब, बीमा, सामाजिक सुरक्षा कोषबापतको रकम साउन मसान्तसम्म दिने र उपदानबापतको रकम असोज महिनासम्म प्रत्येक कर्मचारीको व्यक्तिगत खातामा राखिदिने सहमति भएको खानले बताए ।

उनका अनुसार हटाइएका कर्मचारीका बारेमा शनिबार बसेर छलफलका माध्यमबाट टुङ्गो लगाइने भएको छ । कलेजले तलबभत्ता समयमा उपलब्ध नगराएको भन्दै तीन युनियनले गत असार ९ गते व्यवस्थापन पक्षसँग सातबुँदे मागपत्रमा ५१ बुँदे सहायक माग राखेर आन्दोलन गरेका थिए ।

वि.सं.२०७८ साउन ८ शुक्रवार १३:४७ मा प्रकाशित

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...