८ साउन, टर्की । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) टर्किको अध्यक्षमा पुनः उज्वल कुमार घिसीङ चयन भएका छन् ।
प्रतिमा शाक्य र सन्तोष गुरुङ आयुक्त रहेको निर्वाचन समितिका अनुसार कार्यसमितिको उपाध्यक्षमा श्याम कला राई, द्वितीय उपाध्यक्षमा तिला श्रेष्ठ, तृतीय उपाध्यक्षमा तिल बहादुर घर्तीमगर,महासचिवमा विनोद पौड्याल, प्रथम सचिवमा मोहम्मद जावेद अन्सारी, द्धितीय सचिवमा गीता लिम्बू गुरुङ, कोषाध्यक्षमा अनिता गुरुङ र सहकोषाध्यक्षमा सोनाम छोटी शेर्पा निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै संघको युवा संयोजकमा सुजन बन्जारा भाट र महिला संयोजकमा मन्दिरा खत्री चयन भएका छन् भने सदस्यहरुमा टेक बहादुर पुन मगर, पूजा लामा राई, सविता तामाङ र डम्बर कुमारी बास्कोटा पनि निर्विरोध निर्वाचित भएको बताइएको छ ।
त्यस्तै संघको बैदेशिक रोजगार विभाग संयोजक र अन्य चार सदस्य अधिबेशनपछि चयन गरिने बताइएको छ । संघको अधिबेशन २५ जुलाईमा हुने बताइएको छ ।
वि.सं.२०७८ साउन ८ शुक्रवार १३:४९ मा प्रकाशित






























