साउन ८, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को विवाद ‘हेड काउन्ट’बाट समाधान खोज्ने निर्णय लिएसँगै जसपाको उपेन्द्र यादव पक्ष उत्साहित देखिएको छ । कार्यकारिणी समितिमा झण्डै दुई तिहाई सदस्य रहेको यादव पक्षले आधिकारिकता पाउने सुनिश्चित भएसँगै उत्साहित देखिएको हो ।
बिहीबार जसपा विवादको सुनुवाई गर्न गठित इजलासले साउन ११ मा दुवै पक्षलाई केन्द्रीय कार्यकारिणी सदस्यसहित उपस्थित हुन भनेको छ । आयोगले सोही दिन नै ५१ कार्यकारिणी सदस्यहरुको ‘हेड काउन्ट’ गरेर फैसला दिने तयारीसमेत गरेको छ ।
आयोगले दुवै पक्षका केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई पक्ष÷विपक्षमा खुलेर नागरिकता तथा परिचय पत्रसहित उपस्थित हुन भनेको छ । गत साउन ३ देखि आयोगले जसपा विवादको निरुपणको लागि इजलास गठन गरेर सुनुवाई थालेको थियो ।
उपेन्द्र यादव पक्षमा बहुमत देखिएपनि हेड काउन्ट गरेरै सुनिश्चितता गर्नुपर्ने निष्कर्षमा आयोग पुगेको हो ।
२०७७ असार १२ मा तत्कालिन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएपछि जनता समाजवादी पार्टी नेपाल बनेको थियो । पार्टी एकताको छोटो समयमा नै सत्ताको छाँया परेपछि जसपा विभाजित बनेको थियो ।
यादव पक्ष भन्छ – आधिकारिकता प्राप्त भईसक्यो
आयोगले हेड काउन्टबाट बहुमत जता पुग्छ उसैलाई आधिकारिकता दिने निर्णय गरेसँगै उपेन्द्र पक्ष आधिकारिकता पाउने विश्वस्त छ । यादव पक्षीय नेता राजेन्द्र श्रेष्ठ आयोगको निर्णयले आफुँहरु आधिकारिक भएको स्पष्ट भईसकेको बताए ।
उनले हालसम्म ३३ कार्यकारिणी सदस्यहरु आफुँहरु तर्फ खुलेको भएपनि सनाखत हुने समयसम्म केहि सदस्य थपिने सम्भावना रहेको बताए । उनका अनुसार दानबहादुर विश्वकर्मासहितका केहि सदस्यहरु बहुमत पक्ष तिरै फर्किने छन् । विश्वकर्मा तत्कालिन समय संघीय समाजवादी पार्टीमा थिए ।
केन्द्रिय कार्यकारिणीका को–कता ?
उपेन्द्र यादव पक्षमा
१. उपेन्द्र यादव
२. अशोक राई
३. डा. बाबुराम भट्टराई
४. महेन्द्रराय यादव
५. राजकिशोर यादव
६. गोविन्द चौधरी
७. मृगेन्द्रकुमार सिंह यादव
८. नवलकिशोर शाह
९. अमृतादेवी अग्रहरी
१०. रामनरेश राय यादव
११. राजेन्द्रप्रसाद श्रेष्ठ
१२. नवराज सुवेदी
१३. परशुराम खापुङ
१४. युवराज कार्की
१५. रकम चेम्जोङ
१६. रेणुकुमारी यादव
१७. मो. लालबाबु राउत
१८. हिसिया यमी
१९. हेमराज राई
२० गंगानारायण श्रेष्ठ
२१. रणध्वज कन्दङ्वा
२२. रामसहायप्रसाद यादव
२३. डम्मरु बल्लभ खतिवडा
२४. प्रकाश अधिकारी
२५. मो. इस्तियाक राई
२६. दुर्गा सोब
२७. परशुराम बस्नेत
२८. प्रशान्त सिंह
२९. भक्तबहादुर शाह
३०. सुशीला श्रेष्ठ
३१. विजयकुमार यादव
३२. रमेशप्रसदा यादव
३३. गजाधर रोहिता यादव
महन्थ ठाकुर पक्षमा
१. महन्थ ठाकुर
२. राजेन्द्र महतो
३. शरतसिंह भण्डारी
४. अनिलकुमार झा
५. सर्वेन्द्रनाथ शुक्ल
६. वृषेशचन्द्र लाल
७. जितेन्द्रप्रसाद सोनार
८. उमाकान्त झा
९. चन्दा चौधरी
१०. लक्ष्मणलाल कर्ण
११. मनीषकुमार सुमन
१२. राजकुमार लेखी
१३. केशवकुमार झा
१४. अकवाल अहमद शाह
१५. दानबहादुर विश्वकर्मा
१६. निर्जला राउत
१७. सुनिलकुमार झा
(रेशमलाल चौधरी– जेलमा)
वि.सं.२०७८ साउन ८ शुक्रवार १४:०० मा प्रकाशित






























