२३ जुलाई, सिसेल्स । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सको तेस्रो बार्षिक साधारण सभाले २०२१–२०२३ का लागि संस्थाको अध्यक्षमा मनोज विकलाई निर्विरोध निर्वाचित गरेको छ ।
जुलाई २२ मा सम्पन्न साधारणसभाले कार्यसमितिकोउपाध्यक्षमा हर्क बहादुर रोका,रामचन्द्र राई, महिला उपाध्यक्षमा खेशना लिम्बु, महासचिवमा बलराम सिटौला सचिवद्धयमा मेघराज कार्की र राम बगाले, कोषाध्यक्षमा छवि श्रेष्ठ, सहकोषाध्यक्षमा भीम बहादुर भोलान,युवासंयोजकमा रूप थापा महिला संयोजकमा गंगा भुजेल, प्रवक्तामा ठगेन्द्र घर्तीमगर र सदस्यमा विश्वनाथ चापागाई निर्विरोध भएका छन् । साथै लेखासमितिमा विशाल गुरुङ, कुमार सार्की सुशील देउजा र गंगा विश्वकर्मा रहेका छन् ।
को–को छन् त आइल्याण्ड संयोजकहरु ?
आइल्याण्ड संयोजकमा माहे आइल्याण्ड–पंकज श्रेष्ठ, प्रासलिन आईल्याण्डमा सागर थापा, लादिग आइल्याण्डमा अनिष तामाङ, फिलिसिती आइल्याण्डमा मोहन मगर र फ्रिगेट आइल्याण्डमा रोशन हितेन चयन भएका छन् ।
सल्लाहकार समिति गठन
त्यस्तै संघको सल्लाहकार समितिमा कृष्ण बहादुर श्रेष्ठ, एकराज सुवेदी, गणेश खड्का, तारा प्रसाद पराजुली, दुर्गा बहादुर थापा, खोमलाल इटनी, हरी चेम्जोग्ङलाई चयन गरिएको छ ।

वि.सं.२०७८ साउन ८ शुक्रवार १४:१६ मा प्रकाशित






























