back
CTIZAN AD

धितो दिन नसक्नेका लागि गाउँपालिकाले दियो किसान क्रेडिटकार्ड

वि.सं.२०७८ साउन ८ शुक्रवार

753 

shares

८ साउन, काठमाडौँ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले किसानलाई कृषक क्रेडिटकार्ड वितरण गरेको छ । गाउँपालिकाले किसानलाई सहज तरिकाले लगानी गर्न सस्तो ब्याजदरमा सो कार्यक्रम ल्याएको हो ।

गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले महिलालाई ३.५६ प्रतिशत र पुरुषलाई ४.५६ प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि कर्जा प्रवाह गरेको जानकारी दिए । हालसम्म २५ जनालाई वितरण गरिएको कार्ड पालिकाका विपन्न वर्गको पहुँचमा स्वरोजगार निर्माण गर्न उक्त कार्यक्रम प्रभावकारी हुने अध्यक्ष हुमागाईंको भनाइ छ । ती कृषक जसले धितो दिन सक्दैनन् र सहज हिसाबले ऋण लिएर व्यवसाय गर्न सक्दैनन् त्यस्ता कृषकका लागि यो कार्यक्रमले सहयोग गर्ने उनले बताए । अध्यक्ष हुमागाईंले मनकामना दुग्ध सहकारी लिमिटेडसँगको सहकार्यमा नेपाल बङ्गलादेश बैंक लि मकवानपुरगढी शाखाबाट उनीहरुले ऋण प्राप्त गर्ने जनाए।

नेपाल बङ्गलादेश बैंकका प्रमुख बद्रीविक्रम थापाले बैंकले किसान क्रेडिटकार्डमार्फत पहिलोपटक नौलो कार्यक्रम अन्तर्गत ऋण लगानी गरेको जानकारी दिए । यस कार्यक्रमले बैंक र किसान दुवैले लाभ गर्ने लक्ष्य राखेको शाखा प्रमुख थापाले बताए । यस पालिकामा कृषिमा गरिने लगानी लाभदायी हुने उनले जनाए ।

मनकामना दुग्ध सहकारी संस्था लि।का अध्यक्ष अर्जुनप्रसाद दाहालले दूध उत्पादन गरेर आम्दानी गर्न चाहने कृषकको लागि किसान क्रेडिट कार्यक्रमले जीवनस्तर उकास्न सहयोग पुग्ने बताए । गाईबस्तु पालेर आम्दानी गर्न चाहने तर लगानी नभएका कृषकलाई उक्त कार्ड उपलब्ध गराउन सहकारीले भूमिका खेल्ने उनले जानकारी दिए ।

वि.सं.२०७८ साउन ८ शुक्रवार १४:५६ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...