back
CTIZAN AD

अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला हुने

वि.सं.२०७३ फागुन ८ आइतवार

699 

shares

 ८ फागुन,बागलुङ । जिल्लाको हरिचौर– ६ टेउवामा अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला हुने भएको छ । गलकोट कला प्रतिष्ठानले मूर्तिकलाका कृतिको सङ्ग्रालय बनाउन कार्यशाला गर्न लागेको हो ।

स्वदेश र विदेशका मूर्तिकार सम्मिलित हुने कार्यशाला आगामी असोज पहिलो साताबाट सुरु हुने प्रतिष्ठानले जनाएको छ । कार्यशाला हुने स्थानमा पूर्वाधार विकासको काम अघि बढेको प्रतिष्ठान तदर्थ समितिका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिनुभयो । समितिले कार्यशाला गर्न र मूर्तिकला सङ्ग्रालयका लागि २५ रोपनी जग्गा खरिदको प्रक्रिया अघि बढाएको छ । समितिका सदस्य झङ्कबहादुर बस्नेतले सात रोपनी जग्गा प्रतिष्ठानलाई निःशुल्क रुपमा प्रदान गरिसक्नुभएको जनाइएको छ ।
कार्यशालका मुख्य योजनाकार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ ओम खत्रीले पूर्वाधार र आर्थिक व्यवस्थापन हुनासाथ कार्यशाला गरिने बताउनुभयो ।

उहाँका अनुसार अन्तर्राष्ट्रियस्तरमा ख्याति आर्जेका मूर्तिकारले कार्यशालास्थलमै बसेर मूर्तिकलाका कृति सिर्जना गर्नेछन् । ‘कार्यशालामा सहभागिताको लागि अन्तर्राष्ट्रियस्तरमा आह्वान गर्छौं’ खत्रीले भन्नुभयो, ‘दरखास्त हाल्ने मध्येबाट छनोटमा परेका मूर्तिकार मात्र कार्यशालामा सहभागी हुनेछन् ।’ अन्तर्राष्ट्रिय मूर्तिकारहरुको संस्थाका ‘व्यवस्थापक’ समेत रहनुभएका खत्रीले कार्यशालामा न्युनतम पनि १० विदेशी र पाँच नेपाली मूर्तिकार सहभागी हुने अपेक्षा गरिएको बताउनुभयो ।

कार्यशालास्थलमै अन्तर्राष्ट्रियस्तरको मूर्तिकला सङ्ग्रालय बनाउने प्रतिष्ठानको योजना छ । मूर्तिकारले कार्यशालामा बसेर प्रत्यक्षरुपमा सिर्जना गरेका मूर्तिकलाका कृति सङ्ग्रालयमा रहनेछन् । उक्त सङ्ग्रालय देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने प्रतिष्ठानका अध्यक्ष रानाको भनाइ छ ।

‘मूर्तिकारको कला प्रत्यक्ष रुपमा अवलोकन गर्ने अवसर पनि मिल्नेछ’ अध्यक्ष रानाले भन्नुभयो ‘देश, विदेशका मूर्तिकारका अमूल्य कलाकृति सङ्ग्रहित हुँदा यसले पर्यटकलाई पनि आकर्षित गर्छ ।’ उक्त सङ्ग्रालय कलाकार, अनसुन्धानकर्मी, विद्यार्थी, कलाप्रेमीलगायतलाई अध्ययन अनुसन्धानको केन्द्रसमेत बन्ने ठानिएको छ । प्रतिष्ठानले पूर्वाधार र मूर्तिकला कार्यशालाको लागि करिब रु तीन करोड खर्च लाग्ने अनुमान गरेको छ । त्यसमध्ये रु डेढ करोड कार्यशालामा मात्र खर्च हुने जनाइएको छ । कलाकार ल्याएर, राख्न लाग्ने सबै खर्चको व्यवस्थापन प्रतिष्ठानले गर्ने अध्यक्ष रानाले जानकारी दिनुभयो ।

सरकारी, गैरसकारी निकाय र नागरिकस्तरबाट समेत सहयोग जुटाएर कार्यशाला सफल पारिने उहाँको भनाइ छ । करिब १५ दिनदेखि एक महिनासम्मको अवधिसम्म कार्यशाला सञ्चालन हुने जनाइएको छ । पूर्वाधार र आर्थिक व्यवस्थापनले साथ दिएमा सहभागीको संख्या थपिने संभावना भएको सो कार्यशाला नेपालमै पहिलोपटक गर्न लागिएको मूर्तिकार खत्रीले बताउनुभयो ।

जिल्लाको हटिया–४ मा जन्मनुभएका खत्रीकै सोच र योजनामा कार्यशाला हुन लागेको हो । मूर्तिकारले स्थानीय ढुङ्गाबाट मूर्तिकला बनाउने छन् ।
प्रतिष्ठानले मूर्तिकलासँगै अन्य विषयगत कलाको प्रवद्र्धन र उत्थानमा काम गर्ने लक्ष्य लिएको छ ।

वि.सं.२०७३ फागुन ८ आइतवार ०९:२३ मा प्रकाशित

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

गण्डकी । कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप...

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ । प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना...