back

रुखको मुढाले किचेपछि हेलिकप्टर चार्टर गरी काठमाडौँ

वि.सं.२०७३ फागुन ८ आइतवार

468 

shares
GLOBAL IME AD
NTC AD

८ फागुन,सोलुखुम्बु । जङ्गलमा काठ काट्ने क्रममा मुढाले किचेर घाइते बनेका गुदेल– २ सोलुखुम्बुका ३३ वर्षीय भलाकाजी राईलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ लगिएको ।

शनिबार दिउँसो काठ काट्ने क्रममा मुढाले किचेर खुटा भाँचिएपछि उपचारका लागि स्वास्थ्य चौकी गुदेलमा ल्याइएको र उपचारका क्रममा पिसाबथैली समेत फुटेको पाइएपछि त्यहाँ उपचार सम्भव नभएको गुदेल स्वास्थ्य चौकीका इन्चार्ज रामु केसीले जानकारी गराउनुभयो ।

घाइतेको तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि बिरामीका आफन्तले आज ऋण खोजेर रु एक लाख ८० हजारमा हेलिकाप्टर चार्टर गरेको केसीले बताउनुभयो । उहाँको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
सडक यातायातको पहुँच नभएको जिल्लाको कोसीपारीका दुर्गम गाविसका बासिन्दाको स्वास्थ्यमा केही जटिल अवस्था आए बाँच्नका लागि हेलिकप्टर चार्टर नै अन्तिम विकल्प हुने गर्छ । यस्तो अवस्थामा कि मर्नुपर्ने वा घरबारी बेचेर भए पनि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् । रासस

वि.सं.२०७३ फागुन ८ आइतवार १०:४० मा प्रकाशित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

भोजपुर । वर्षासँगै आएको हुरीले खुर्सानी खेतीमा क्षति र्पुयापछि भोजपुरका...

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

देवचुली । प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशाला कार्यक्रम सप्पन्न...

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय...

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

काठमाडौँ । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२...