back
CTIZAN AD

बैंकको रकम हिनामीना पारेका आरोपी मदनबहादुर पक्राउ

वि.सं.२०७३ फागुन ९ सोमवार

759 

shares

९ फागनु, काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार रहेका काठमाडौँ बुढानीलकण्ठका ६० वर्षीय मदनबहादुर कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको छ ।

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडको रकम हिनामिना गरेको आरोप लागेका कार्की लामो समयदेखि फरार रहेका थिए ।

राष्ट्र बैंकले दिएको जाहेरीमा पुनरावेदन अदालत पाटनले २०७१ वैशाख २९ गते कार्कीले रु सात करोड ६४ लाख तीन हजार २४४ रकम हिनामिना गरेको ठहर गर्दै तीन वर्ष कैद र त्यति नै रकम जरिवाना सुनाएको थियो ।

कमसल जग्गाको अत्याधिक मूल्याङ्कन गराई धितो राखी झुट्टा परियोजना बनाई सो परियोजनाको लागि क्यापिटल मर्चेंन्ट तथा फाइनान्स कम्पनी लिमिटेडबाट उक्त फाइनान्स कम्पनीका पदाधिकारीसमेतको मिलोमतोमा रकम प्राप्त गरी दुरुपयोग गरेको ब्युरोले जनाएको छ ।

हालसम्ममा सिआइबीले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई ठगी गर्ने अरुणकुमार मराठा, नवराज खत्री, तुलसाकुमारी धमला, भाइकृष्ण खड्का र किरणकेशर नेपाललाई पक्राउ गरेर अदालतमा बुझाएको छ ।

वि.सं.२०७३ फागुन ९ सोमवार ०४:१३ मा प्रकाशित

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर...

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद...