back

बैंकको रकम हिनामीना पारेका आरोपी मदनबहादुर पक्राउ

वि.सं.२०७३ फागुन ९ सोमवार

426 

shares
GLOBAL IME AD
NTC AD

९ फागनु, काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार रहेका काठमाडौँ बुढानीलकण्ठका ६० वर्षीय मदनबहादुर कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको छ ।

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडको रकम हिनामिना गरेको आरोप लागेका कार्की लामो समयदेखि फरार रहेका थिए ।

राष्ट्र बैंकले दिएको जाहेरीमा पुनरावेदन अदालत पाटनले २०७१ वैशाख २९ गते कार्कीले रु सात करोड ६४ लाख तीन हजार २४४ रकम हिनामिना गरेको ठहर गर्दै तीन वर्ष कैद र त्यति नै रकम जरिवाना सुनाएको थियो ।

कमसल जग्गाको अत्याधिक मूल्याङ्कन गराई धितो राखी झुट्टा परियोजना बनाई सो परियोजनाको लागि क्यापिटल मर्चेंन्ट तथा फाइनान्स कम्पनी लिमिटेडबाट उक्त फाइनान्स कम्पनीका पदाधिकारीसमेतको मिलोमतोमा रकम प्राप्त गरी दुरुपयोग गरेको ब्युरोले जनाएको छ ।

हालसम्ममा सिआइबीले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई ठगी गर्ने अरुणकुमार मराठा, नवराज खत्री, तुलसाकुमारी धमला, भाइकृष्ण खड्का र किरणकेशर नेपाललाई पक्राउ गरेर अदालतमा बुझाएको छ ।

वि.सं.२०७३ फागुन ९ सोमवार ०४:१३ मा प्रकाशित

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

पाटन (ललितपुर) । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

मनहरी । मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम...

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई...

स्थानीयवासीको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

स्थानीयवासीको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

गलेश्वर (म्याग्दी) । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन पाँचवटा जलविद्युत् आयोजनाले सामाजिक...

गोरखनाथ सामुदायिक वनमा डढेलो

गोरखनाथ सामुदायिक वनमा डढेलो

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक...

गोरखामा भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण

गोरखामा भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण

गोरखा । भीमसेन थापा गाउँपालिका-६ अश्राङको वडा कार्यालय भवन पुनर्निर्माण...