back
CTIZAN AD

उपाध्यक्ष ढकालसँग जोडेर प्रकाशित समाचारप्रति उद्योग वाणिज्य महासङ्घको ध्यानकर्षण

वि.सं.२०७८ साउन १८ सोमवार

606 

shares

१८ साउन, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसँग जोडेर प्रकाशित तथा प्रचारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घले आज विज्ञप्तिमार्फत् सर्वोत्तम सिमेन्ट लिमिटडको प्रमोटर शेयर खरीदसम्बन्धी विषयसँग वरिष्ठ उपाध्यक्ष ढकालको नाम जोडेर आएको समाचारप्रति आपत्ति जनाएको हो ।

नेपाल धितोपत्र बोर्डमा महासङ्घको तर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्थाअनुसार महासङ्घले वरिष्ठ उपाध्यक्ष ढकाललाई २०७७ मङ्सिर ३० मा बोर्डको प्रतिनिधि तोकेको हो ।

विज्ञप्तिमा वरिष्ठ उपाध्यक्ष ढकाल बोर्ड बैठकमा २०७७ माघ ११ गतेदेखि उपस्थित रहेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ “उहाँसँग उहाँका भाइ हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नु अगावै शेयर कारोवार गरिएको हो ।”

ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपूर्व तथा धितोपत्र बोर्डमा सञ्चालकको रुपमा उपस्थित हुनुभन्दा झण्डै दुई महिना अगाडि २०७७ मङ्सिर १४ मा गरिएको शेयर कारोवारकोे विषयलाई जोडेर अहिले गलत प्रचार भएको सो विज्ञप्तिमा उल्लेख छ ।

भ्रामक समाचारले संस्था तथा व्यक्तिको प्रतिष्ठामा गम्भीर आँच पु¥याउने हुँदा सत्यतथ्य बुझेर मात्र समाचार सार्वजनिक गर्न महासङ्घले आग्रह गरेको छ ।

वि.सं.२०७८ साउन १८ सोमवार १७:०३ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...