back
CTIZAN AD

ग्लोबल आइएमई बैंक र तानसेन नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०७८ साउन १९ मंगलवार

618 

shares

१९ साउन, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र तानसेन नगरपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड र तानसेन नगरपालिकाको अगुवाईमा हेफर इन्टरनेशनल नेपाल एवम् ग्रामीण आर्थिक विकास संघसँगको समन्वयमा कृषि अनुदानकर्जा सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो । बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालयका उप–प्रमुख जोगलाल भुषाल र तानसेन शाखाका शाखा प्रबन्धक बिरबहादुर सारु तथा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले तानसेन नगरपालिकाको विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने उद्यमशील कृषकहरुलाई तानसेन नगरपालिकाको समन्वयमा ग्रामीण आर्थिक विकास संघको सहजिकरणमा हेफर इन्टरनेशनल नेपालले तालिम तथा प्राविधिक सहयोग प्रदान गर्नेछ ।

वि.सं.२०७८ साउन १९ मंगलवार १३:३४ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...