१९ साउन, काठ्माडौ । योजना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।
संस्थाले ललितपुर १५ महालक्ष्मीस्थानको लागि १ जना बजार व्यवस्थापक र १५ जना बजार प्रशिक्षार्थी सहित १६ जना कर्मचारीको माग गरेको हो ।
संस्थाले मंगलवार एक सुचना जारी गर्दै बजार व्यवस्थापकको हकमा कम्तीमा १ वर्ष काम गरेको र २१ देखि ४० वर्ष उमेर भएको तथा स्नातक उत्तिर्ण वा सो सरह शैक्षिक योग्यता भएकोहुनु पर्ने र बजार प्रशिक्षार्थीको हकमा एस.एल.सी पास र १८ वर्षदेखि ३५ वर्ष उमेर सम्मकाले आवेदन दिन पाउने उल्लेख गरिएको छ । साथै, स्थानीय अनुभवी, सवारी साधन अनुमति पत्र प्राप्त व्यक्तिलाई प्राथमिकता दिईने समेत सूचनामा उल्लेख छ ।
इच्छुक योग्यता पुगेका नेपाली नागरिकले सुचना प्रकाशित भएको मिति देखि १५ दिन भित्र आवश्यक कागजात सहित आवेदन दिन सकिने बताइएको छ ।

वि.सं.२०७८ साउन १९ मंगलवार १३:३६ मा प्रकाशित





























