back
CTIZAN AD

के दूध सेतो रगत हो ? जानौं दुधबारे अनौठा तथ्य

वि.सं.२०७८ साउन १९ मंगलवार

1.4K 

shares

साउन १९, काठमाडौं । दूध शाकाहारी हो वा मांसाहारी यस सम्बन्धमा बहस जारी छ । र अनुसन्धान पनि । केहि मानिस दूधलाई शाकाहारी मान्छन् भने केहि मांसाहारीअन्तर्गत मान्दछन् । यसको साथै दूधको सम्बन्धमा धेरै प्रश्नहरु निकै अनुत्तरित देखिएका छन् । जसबारे यहाँ केहि सन्दर्भ उल्लेख गर्ने प्रर्यत्न गरिएको छ ।

कतिपयले दूधलाई सेतो रगतको रुपमा पनि लिन्छन् । अधिकांश मानिसहरुले दूधलाई शाकाहारी मानिरहँदा यस्तो समुदाय पनि छ जसले दूधलाई मांसाहारी मानिरहेको छ । जुन कुरा प्राचिनकालदेखि नै बहसको रुपमा पनि चलिरहेको छ ।

यस विषयमा कयौं शोधकर्ताले पनि खोजी गरेका छन् । तर, उनीहरु दूधलाई शाकाहारी मान्ने वा मांसाहारी निष्कर्षमा पुग्न सकेका छैनन् । प्रोटेस्टेन्ट ईसायीहरुले १७ औं शताब्दीदेखि दूध र दुग्धजन्य पदार्थबाट बन्ने सबै कुरालाई निषेध गर्न शुरु गरेका थिए । उनीहरु दूधलाई मांसाहारी भोजनको रुपमा लिन्छन् ।

दूध पिउँदा फाईदै फाईदा

दूधबाट दही, महि, घ्यूलगायत खाद्यपदार्थ बन्ने गर्दछ । गाईको दूध पिउन निकै फाइदाजनक पनि छ । दूधमा खनिज, चिल्लो, क्यालसिएम, राइबोक्लेविन, भिटामिन र प्रोटिन पाइन्छ । जसले मानव शरीरलाई शक्ति दिनुका साथै निरोगी बनाउन पनि मद्दत गर्दछ ।

दूधमा शरीरको लागि चाहिने पोषण तत्व भरिपूर्णं हुन्छ । दूधले शारिरिक मात्रै नभई मानिसको मानसिक विकासमा पनि निकै महत्वपूर्णं भूमिका खेलेको अध्ययनले पुष्टी गरेको छ । यूनिभर्सिटी अफ मायनेको शोधकर्ताले दूध पिउने व्यक्तिको मानसिक क्षमता अन्यको तुलनामा निकै राम्रो भएको पुष्टी गरेका थिए । उनीहरुले नियमित दूध सेवन गर्नेको दिमाग अन्यको भन्दा ५ गुणा सक्रिय हुने पनि पुष्टी गरेका थिए ।

गाईको दूध सबैभन्दा उत्तम

सोधकर्ताले सबैभन्दा उत्तम दूध गाईको हुने पनि पत्ता लगाएका छन् । शोधकर्ताका अनुसार गाईको दूध पिउने व्यक्तिको रोगप्रतिरोधक क्षमता अन्यको तुलनामा बढि भेटिएको थियो । गाईको दूधमा कम चिल्लोपन भएपनि निकै औषधीय गुणसहित हुने शोधकर्ताहरुको निष्कर्ष छ ।

वि.सं.२०७८ साउन १९ मंगलवार १३:३७ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...