back
CTIZAN AD

कालीकोटमा एक सातादेखि सञ्चार सेवा अवरुद्ध

वि.सं.२०७८ साउन २१ बिहीवार

666 

shares

२१ साउन, मान्म । कालीकोटमा विगत एक सातादेखि सञ्चार सेवा अनियमित भएको छ ।

कालीकोटको शुभकालिका गाउँपालिका भर्तालेकस्थित नेपाल टेलिकमको टावरमा आएको खराबीका कारण विगत एक सातादेखि सञ्चार सेवा अनियमित बनेको हो ।

टावरमा खराबी आउँदा मोबाइल र ल्याण्डलाईन फोनसमेत सञ्चालन हुन नसक्दा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको व्यापारी भीमप्रसाद आचार्यले बताए । “टेलिफोन र मोबाइल सेवा सञ्चालनमा आउन सकेका छैनन्”, उनले भने, “बाहिर सम्पर्क गर्न टेलिफोन र इन्टरनेट सेवासमेत अवरुद्ध छ ।”

इन्टरनेट सेवा अवरुद्ध हुँदा बैंकिङ तथा वित्तीय सेवा सञ्चालनमा समस्या रहेको मेघा बैंकका कालीकोट शाखा प्रबन्धक रोहनकुमार विष्टले बताए । “फोन सेवा अवरुद्ध हुँदा इन्टरनेट सेवा सञ्चालनमा आएको छैन”, उनले भने, “इन्टरनेट नहुँदा बैंकिङ सेवा लिन सेवाग्राही मर्कामा परेका छन् ।”

टावरमा आएको खराबीका कारणले टेलिफोन सेवा अवरुद्ध रहेको र टावर सञ्चालनका लागि काम भइरहेको नेपाल टेलिकम कार्यालय मान्मका प्राविधिक टोपराज न्यौपानेले जानकारी दिए।

“टावरमा खराबी आउँदा फोन सेवा अवरुद्ध भएको हो । अहिले पनि मर्मतको काम चलिरहेको छ”, उनले भने, “नेपालगञ्जबाट थप सामान आइसकेको छ, चाँडै टेलिफोन सेवा सञ्चालन हुनेछ ।”

टेलिफोन सेवा अवरुद्ध हुँदा कालीकोटका नागरिक बाहिरी सम्पर्कबाट टाढा रहेको नरहरिनाथ गाउँपालिका–१ कोटबाडाका शिक्षक शेरबहादुर विष्टले बताए । “एक हप्तादेखि बाहिर रहेका आफन्तसँग सम्पर्क हुनसकेको छैन”, उनले भने, “फोन सेवा अवरुद्ध भएका कारणले अनलाइन कक्षा पढ्ने विद्यार्थी मर्कामा परेका छन् ।”

वि.सं.२०७८ साउन २१ बिहीवार १६:४३ मा प्रकाशित

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

काक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपिडी भवन निर्माण...

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस...