back
CTIZAN AD

स्थानीयवासीलाई ८ लाख कित्ता शेयर निष्काशन गर्दै मोलुङ हाइड्रोपावर

वि.सं.२०७८ साउन २१ बिहीवार

609 

shares

२१ साउन, काठमाडौँ । मोलुङ हाइड्रोपावर कम्पनीले स्थानीयवासीलाई करिब रु ८ करोड बराबरको ८ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । आयोजना आसपासका नागरिकका लागि ८ लाख दुई हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागिएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी रु ८० करोड २५ लाखको १० प्रतिशत अर्थात् रु ८ करोड २ लाख ५० हजार बराबरको शेयर स्थानीय क्षेत्रका प्रभावित बासिन्दालाई बिक्री गर्ने तयारी गरेको सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बताए ।

बाँकी ३४ प्रतिशत अर्थात् रु २७ करोड २८ लाख पचास हजार रकम बराबरको २७ लाख २८ हजार ५०० कित्ता साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता साधारण शेयर सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको उनले जानकारी दिए ।

बाँकी रहेको २५ लाख ३७ हजार ५०५ कित्ता शेयर सर्वसाधारणका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अधिनमा रही निष्काशन गरिने कम्पनीले जनाएको छ । पहिलो चरणमा निष्काशन हुने रु ८ करोड बराबरको ८ लाख कित्ताभन्दा बढी शेयर ओखलढुङ्गाकाे मोलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाका नागरिकका लागि हुनेछ ।

उक्त शेयर खरिद गर्न चाहने नागरिकका लागि बैंकमा डिम्याट खाता अनिवार्य गरिएको छ । ती गाउँपालिका र नगरपालिकाका नागरिकलाई अनिवार्य शेयर खरिद गर्नका लागि आह्वान गरिएको निर्माण कम्पनीका सञ्चालक नवीन महर्जनले बताए। त्यहाँका नागरिकले खरिद गरेका शेयर तीन वर्षसम्म बिक्री गर्न नमिल्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ साउन २१ बिहीवार १४:२४ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...