back
CTIZAN AD

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ९ को मृत्यु, ६१६ जना संक्रमित

वि.सं.२०७८ साउन २१ बिहीवार

669 

shares

२१ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा बिहीवार ९ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा नवलपरासीपूर्वका ३, कास्कीका २ तथा स्याङजा, बागलुङ, गोरखा र मुस्ताङका १/१ जना गरी ९ जना रहेका छन् ।

बिहीवार थपिएका ९ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार ११८ पुगेको छ ।

त्यस्तै प्रदेशमा बिहीवार म्याग्दीमा ३७, पर्बतमा १३, गोरखामा ८३, लमजुङमा १९, तनहुँमा २३, कास्कीमा १९१, वाग्लुङमा १००, स्याङजामा ७२ र नवलपरासीपूर्वमा ७८ जना गरी ६१६ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये २९६ जना महिला र ३२० जना पुरुष रहेका छन् । प्रदेशमा केही दिनयता कोरोना संक्रमित बढ्को संख्या निरन्तर बढिरहेको छ ।

निर्देशनालयद्धारा जारी विवरण अनुसार बिहीवार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी कास्कीमा १९१ जना नयाँ संक्रमित थपिएका हुन् ।
बिहीवार थपिएका ६१६ जनासँगै प्रदेशमा हालसम्म ७० हजार २६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ६३ हजार २९१ जना निको भइसकेका छन् ।

निर्देशनालयका अनुसार प्रदेशमा हाल ५६८६ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५४३३ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ ।

No photo description available.

गण्डकी प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु, ५०० संक्रमित, आज कुन जिल्लामा कति थपिए त ?

वि.सं.२०७८ साउन २१ बिहीवार १७:२३ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...