back
CTIZAN AD

विद्यार्थीलाई उद्यमी बनाउन सम्झौतापत्रमा हरस्ताक्षर

वि.सं.२०७८ साउन २२ शुक्रवार

594 

shares

२२ साउन, ललितपुर । गोदावरी उद्योग वाणिज्य सङ्घ र जनभावना क्याम्पसबीच विद्यार्थीलाई उद्यमी बनाउन सम्झौता भएको छ ।

विद्यार्थीलाई विभिन्न उद्योग तथा व्यवसायमा तालिम, अध्ययन र अवलोकनका लागि सघाउने उद्देश्यले सङ्घका अध्यक्ष जगनाथ महर्जन र क्याम्पस प्रमुख शिवराज सञ्जेलले आज सम्झौतापत्रमा हरस्ताक्षर गरेका हुन् ।

अध्यक्ष महर्जनले क्याम्पसमा स्नातक तथा स्नातकोतर तहमा अध्ययनरत विद्यार्थीलाई बैंक, होटल, कृषि आदि क्षेत्रका काममा प्रशिक्षण दिलाएर रोजगारीका लागि समेत वातावरण तयार गर्न लागिएको बताए । उनले भने, “गोदावरीभित्रका सयौँ औद्योगिक प्रतिष्ठानमा क्षमता हेरी विद्यार्थीलाई काम गर्न पठाइनेछ । यसबाट विद्यार्थीमा कामको खोजी गर्ने झण्झट हुँदैन ।”

क्याम्पस प्रमुख सञ्जेलले अध्ययनरत विद्यार्थीलाई काममा लगाउनाका साथै विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गर्नसमेत पठाइने बताए । उनले भने, “अध्ययनरत विद्यार्थीलाई विभिन्न क्षेत्रमा अब्बल गराउन नगरपालिका, बैंक र सहकारी गरी १३ संस्थासँग पनि सम्झौैता गरिसकेका छौँ ।”
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले समृद्ध गोदावरीको अभियान साकार पार्नका लागि यस कार्यले मलजल थप्ने विश्वास व्यक्त गरे । उक्त क्याम्पसमा स्नातक तथा स्नातकोतर तह अध्ययन गर्ने ६५० विद्यार्थीमध्ये १५० ले आफ्नो पेशा अपनाइसकेका र कोही आफ्नै काममा आबद्ध रहेकाले बाँकीले उक्त अवसर पाउने भएका छन् ।

वि.सं.२०७८ साउन २२ शुक्रवार १६:२९ मा प्रकाशित

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु...

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

चितवन । सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन्...

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तरराष्ट्रिय...