back
CTIZAN AD

सभामुख सापकोटा र ऊर्जामन्त्री भुसालबीच छलफल

वि.सं.२०७८ साउन २२ शुक्रवार

627 

shares

२२ साउन, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालबीच मौसमजन्य विपत्तिले देशभर परेको प्रभाव न्यूनीकरणका लागि चाल्नुपर्ने उपायका बारेका छलफल भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा मौसमजन्य विपत्तिलाई सदनमार्फत कसरी न्यून गर्ने भन्नेबारेमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

मौसमजन्य विपत्तिले देशभरका नदी तटीय क्षेत्रमा भएको क्षति र नदी कटान नियन्त्रणका विषयमा केन्द्रित भएर कुराकानी भएको बताइएको छ । यस वर्षको मनसुन शुरु भएलगत्तै सिन्धुपाल्चोक, मनाङलगायतका जिल्लामा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ ।

उनीहरुबीच मनसुन जारी रहेकाले सिन्धुपाल्चोकलगायतका बाढी प्रभावित जिल्लामा नदी कटान नियन्त्रणका लागि चाल्नुपर्ने उपायका बारेमा सरकारी प्राथमिकताका केकस्तो हुने भन्नेमा छलफल भएको हो ।

सिन्धुपाल्चोकका मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोशी नदी तटीय क्षेत्रमा बसोबास गर्ने ठूलो जनसङ्ख्या यस वर्षको अप्रत्यासित बाढी पहिराका कारण विस्थापित भएको छ । सभामुख सापकोटाले संसद्को चालू अधिवेशनलाई गतिशील बनाउने सम्बन्धमा यसअघि गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गरिसकेका छन् ।

वि.सं.२०७८ साउन २२ शुक्रवार १६:३३ मा प्रकाशित

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु...

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

चितवन । सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन्...

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तरराष्ट्रिय...