back
CTIZAN AD

लापिलाङ पहिराको स्थलगत निरीक्षण

वि.सं.२०७८ साउन २२ शुक्रवार

768 

shares

२२ साउन, दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका– ५ लापिलाङमा गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारेमा वाग्मती प्रदेशका दुई मन्त्रीले आज स्थलगत निरीक्षण गरेका छन् ।

लापिलाङको रानीवन पहिराको आज सामाजिक विकासमन्त्री सरस्वती बस्नेत र आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले स्थलगत निरीक्षण गरेको हो । लापिलाङको खहरे रानीवन संरक्षण क्षेत्रबाट गत वर्षको साउनदेखि नै पहिरो जान थालेको र उक्त पहिरोले हाल बालीनालीसहित जग्गा कटान गरी पहिरो गाउँमा पसेपछि थप जोखिम बढेको हो । गत वर्ष आएको पहिराले नौ घर बगाएको थियो भने २२ घर पहिराको उच्च जोखिममा रहेका थिए ।

गत वर्षको पहिरालाई मध्यनजर गरी समयमा नै पहिरो रोकथाम तथा बस्तीलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न नसक्दा सोही ठाउँबाट आएको पहिराले लापिलाङका सयौँ घर हाल उच्च जोखिममा परेका छन् ।

सयौँ रोपनी खेतीयोग्य जमिन कटान गरी बस्तीमा नै पहिरो आइपुगेको र हाल सयौँ घर उच्च जोखिमका कारण विस्थापित भई सयौँ परिवार आफन्त तथा सामुदायिक विद्यालय र पालमा बस्न बाध्य भएका गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकले बताए । पहिराकै कारण केही परिवार भूमिहीन तथा घरबारविहीन बन्न पुगेको उनले बताए ।

मानवीय क्षति नभए पनि पहिराका कारण ठूलो क्षति हुन पुगेको हो । पहिराको निरीक्षण गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री पाण्डेले प्रदेशको यो वर्षकै ठूलो पहिरो सिन्धुपाल्चोकमा र मानवीय क्षति नभए पनि त्यसपछि लापिलाङको पहिरो भएको हुँदा प्रदेश सरकारको प्रत्यक्ष ध्यानाकर्षण भएको र स्थलगतरूपमा निरीक्षणका लागि आफूहरू पहिरो क्षेत्रमा आएको बताए ।

विस्थापित भएका परिवारलाई स्थानीय तहमार्फत तत्काल राहत सामग्री उपलब्ध गराउने काम भइरहेको र स्थायी बसोबासका लागि प्रदेश सरकारले व्यवस्थापन गरिने उनले बताए । पीडित परिवारलाई तत्कालका लागि प्रतिपरिवार रु २५ हजार र पक्की घर निर्माणका लागि प्रतिपरिवार रु चार लाखका दरले रकम उपलब्ध गराइने प्रदेश सरकारको नीति रहेकाले सुरक्षित स्थान पहिचानका लागि मन्त्री पाण्डेले गाउँपालिकालाई निर्देशन दिए ।

पहिराले जग्गा जमिन तथा घर ठूलो मात्रामा क्षति गरेको र सिङ्गो गाउँ नै पहिराको उच्च जोखिममा रहेका कारण सुरक्षित स्थानमा सरेर बस्नका लागि सामाजिक विकासमन्त्री बस्नेतले आग्रह गरे ।

 

वि.सं.२०७८ साउन २२ शुक्रवार १६:५४ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...