back
CTIZAN AD

बेलायतमा कोरोना सङ्क्रमण पुनः वृद्धि, २४ घण्टामा तीन हजार बढी सङ्क्रमित

वि.सं.२०७८ साउन २२ शुक्रवार

720 

shares

२२ साउन, लन्डन । बेलायतमा फेरि पनि कोभिड–१९ का सङ्क्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ ।

पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घण्टायता मात्र ३० हजार जनाभन्दा बढी व्यक्ति सङ्क्रमणमा परेका हुन् । यहाँ गएको २४ घण्टामा ३० हजार ९८८ जना कारोना भाइरसका नयाँ सङ्क्रमित फेला परेका छन् ।

यो संख्या बेलायतमा भेटिएका कोरोनाका सङ्क्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा धेरै भएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । यहाँ अहिलेसम्मका सङ्क्रमितको सङ्ख्या ५९ लाख ८२ हजार १५२ पुगेको छ । त्यसैगरी गएको २४ घण्टायता यहाँका कम्तीमा पनि ८६ जनाको कोरोनाकै कारण ज्यान गएको बताइएको छ ।

यहाँ पछिल्ला केही दिनमा ठूलो सङ्ख्यामा सङ्क्रमण देखिएकाले अबका केही दिनमा यहाँ सङ्क्रमितको संख्या बढ्दै जाने हो कि भन्ने डर बढेको पाइएको छ । उता अमेरिकामा पनि पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको देखिएकाले यहाँको सरकारले जनस्वास्थ्यका मापदण्डहरुमा कडाइ गर्ने जनाएको छ ।

पछिल्ला केही समयमा यसको सङ्क्रमण बढेपछि कतिपय राज्यहरुमा मास्क लगाउन अनिवार्य पनि गरिएको छ । त्यसैगरी कतिपय अस्पतालहरुमा कोभिडका सङ्क्रमितहरु बढेका समाचारहरु पनि आइरहेकाले सरकारले आवश्यक थप तयारी थालेको पनि बताइएको छ ।

अमेरिकी संस्था ‘सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन’ले आगामी चार हप्तामा अमेरिकामा कोभिडका संक्रमितहरु बढ्न सक्ने बताएको छ । सो संस्थाले आगामी चार हप्तामा यहाँका अस्पतालहरुमा भर्ना हुने दर बढ्ने तथा उपचारका लागि आएका व्यक्तिहरुको मृत्युको दर पनि बढ्न सक्ने अनुमान गरेकाले सरकारले थप तयारी थालेको बताइएको हो ।

उक्त संस्थाले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा कोभिडको सङ्क्रमण अबका चार हप्तामा बढ्न सक्ने देखिएकाले यसको नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डहरु अपनाउन सबै नागरिकमा अपिल पनि गरेको छ ।

वि.सं.२०७८ साउन २२ शुक्रवार १७:४४ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...